a
|
काठमाण्डौ । नेपालको संविधान निर्माणको प्रकृयालाई लिएर छिमेकी मुलुक भारतले यो वा त्यो बाहनामा गरेको अनावश्यक हस्तक्षेपप्रति ३३ दलीय राष्ट्रिय मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालमा कस्तो संविधान बनाउने र कसरी बनाउने भन्ने विषय नितान्त नेपालको आन्तिरक विषय हो र यो विषयमा निर्णय लिन नेपाली राजनीतिक दलहरु नै सक्षम ,सबल र आत्र्मनिर्भर भएको हुँदा नेपालको आन्तिरक मामिलामा हस्तक्षेप गरी नेपाल र नेपाली नागरिकलाई दुखित पार्ने कार्य नगर्न ३३ दलीय राष्ट्रिय मोर्चा नेपाल छिमेकी मुलुक भारतसँग विनम्र अनुरोध गर्दछ । विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै नेपाली भूमिमा बसी यहीँको दाना ,पानी खाई तराईलाई नेपालवाट अलग गर्छौँ भनी हिँड्ने मधेशी नेताहरुलाई नेपालको स्वाभिमान र स्वाधिनतालाई आँच आउने खालको गतिविधि नगर्न सचेत गराउन चाहन्छौं विज्ञप्तीमा उल्लेख छ । वाास्तविक मधेशी नागरिकको मर्म र भावनालाई सम्मान गर्दै सहमतिको नयाँ आयाम खोज्न आन्दोलनरत पक्षसँग ३३ दलीय राष्ट्रिय मोर्चा नेपाल माग गर्दछ ।
साथै नेपाली भूमिमा बसेर भारतलाई नाकावन्दीको लागि अपिल गर्ने विहारी वा भारतीय भएर नेपालको गैरकानुनी नागरिकता लिएर बस्ने देशद्रोही तथा गद्दारहरुलाई २४ घण्टाभित्र देश छोड्न ३३ दलीय राष्ट्रिय मोर्चा नेपाल चेतावनी दिन चाहन्छ विज्ञप्तीमा भनिएको छ ।
नेपाली संविधान निर्माणको प्रकृया बारेमा भारतले गर्ने भनेको नाकाबन्दीबारे मोर्चा खेद प्रकट गर्दै असल छिमेकीको व्यवहार गर्न र अनावश्यक हस्तक्षेप नर्गन सचेत गराइएको संयोजक युवराज सफलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
a
|
0 comments:
Post a Comment