भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालका लागि हुने फाईदाहरु भिडियो सहित हेर्नुहोस

a

भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालका लागि हुने फाईदाहरु भिडियो सहित हेर्नुहोस
अपराजित प्रेम –
भारत नेपालको छिमेकी मात्र हैन, अघोषित हाम्रो ठुल्दाई पनि हो भन्ने उखान यतिबेला सार्थक ठहरिन्छ । ठुल्दाई अर्थात मैले भनेकै हुनुपर्छ भन्ने अर्थमा मानिदिनु पर्ने भाई नभई दिएकोले आज नेपालले तेस्रो पटक नाकाबन्दीको सामना गर्नुपर्ने संघारमा पुगेको पो हो कि भन्ने आशंका आम नेपालीमा उब्जिएको छ ।
अपराजित प्रेम
नेपाल र भारतबीच यस अघि पनि भएका छन् । इन्दिरा गान्धीका पालामा र राजिव गान्धीको पालामा दुईपटक नेपालमा नाकाबन्दी भएको छ । र यसैबिच सोमबारको विज्ञप्तिले पनि नाकाबन्दीको संकेत गरेको छ ।
नेपालको संविधानबाट असन्तुष्ट बनेको भारत नाकाबन्दीको तहमा झर्ला या यो एउटा बार्गेनिगं पोन्ट मात्रै हो भन्ने कुरा केही दिनमा नै थाहा लाग्ला । तर भारतले नेपालमा नाकाबन्दी गर्दा त्यसका घाटा मात्रै छन् भन्न नहुने बेला पनि आएको छ अब ।
यदी भारतले अँग्रेज शासकलाई लखेटेर आफु आफै समृद्ध बन्न सक्छ भने संसारभर गोर्खालीको नामले परिचित नेपालीले त्यसो गर्न नसक्लान् र भोकै मर्लान् ? यो जन जनको प्रश्न हो आजको । भारतले नाकाबन्दी गरेको खण्डमा त्यसका फाइदा पनि उत्तिकै छन् ।
( १) नेपालीहरु आत्मनिर्भर बन्नेछ्न् ।
(२) अन्य विकसित राष्ट्रसंगको सम्बन्ध अझ प्रगाढ हुनेछ ।
(३) उत्तरको छिमेकी राष्ट्र चीनसँगको सम्बन्ध मझबुत हुनेछ साथै चिनले सहयोग गर्दा बिरोध गर्ने राष्ट्र हुँदैन ।
(४) नेपालमै उत्पादित गुणस्तरीय बस्तु नेपालीले उपयोग गर्न पाँउनेछन् ।
(५) पेट्रोलियम पदार्थ लगायत अन्य भारतबाट आयातीत सामाग्रीको बिकल्प नेपालमै पत्ता लाग्नेछ ।
(६) प्रस्तावित नेपाल-चीन द्रुतगतिको रेलमार्ग छिट्टै संचालन आउनेछ ।
(७) नेपालमा भित्रीने बिहारीको संख्यामा कमि आउनेछ ।
(८) चेलीबेटी बेचबिखन बन्द हुनेछ ।
(९) भारत छिर्ने हजारौं युवाहरुले नेपालमै काम गर्नेछन् नेपालले बिकासको गति लिनेछ ।
(१०) दिल्ली केन्द्रित नेपालको राजनितिक गतिविधि नेपाल केन्द्रित हुनेछ ।
(११) भारतीय चलचित्रको धावा बोल्ने शैली बन्द हुनेछ र नेपाली चलचित्रले बजार पाउनेछ ।
नेपालीको शिर काटिएको छ तर झुकेको छैन , इतिहास साची छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment