भूकम्पपीडितहरु भन्छन्–१५ हजार कहिले पाइन्छ ?

a


लमजुङको कोल्की-१ जोर्नेकी मीना श्रेष्ठको दुईतले घर वैशाख १२ गतेको विनाशकारी भूकम्पले गर्ल्यामगुर्लुम्म ढाल्यो। घर ढलेपछि उनी त्रिपालमुनि बस्दै आएकी छन्। जाडो बढ्न थालेपछि तुसारो र हिउँ पर्ने जोर्नेमा उनको बसाई कष्टकर बनेको छ।

उनलाई त्रिपालमुनि चिसोभन्दा पनि सरकारले १५ हजार राहतसमेत नदिएपछि निकै चित्त दुखेको छ। ‘खै हाम्रा लागि त सरकार नै छैनजस्तो भएको छ, उनले मलिन हुँदै भनिन्। सरकारले भूकम्पपीडितलाई तत्काल १० हजार दिन्छ भन्ने सुनेकी उनले त्यो रकम पाइने आस मारेकी छन्।

‘खै के देला र यो सरकारले,उनले सोधिन,‘सरकारले बचन पूरा गर्ला र? पाचोक–७ पाचोकबेसीका मुमबहादुर गुरुङ पनि सिरकारले दिने भनेको १५ हजार राहतको आस गर्दै बसिरहेका छन् । गाउँको साहूको खच्चड थपाउने काममा लागेका उनी सानो टहरो बनाएर त्यसमै गुजारा चलाउँदै आएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment