a
![]() |
अस्वस्थ भएपछि आइतबार साँझ अस्पताल भर्ना भएका पूर्व सामान्य प्रशासनमन्त्री तथा एमाले नेता लालबाबु पण्डितको अहिले पनि उपचार भइरहेको छ ।
नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका पण्डितको सो अस्पतालका प्रमुख डा बिमल थापाको समूहले उपचार गरिरहेको छ । मधुमेह, उच्च रक्तचापको समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
a
![]() |

0 comments:
Post a Comment