रेखा थापाले माँ कसम भन्दै गाए पछि

a


रेखा र प्रह्लाद तिमिल्सिनाको स्वर रहेको ‘माँ कसम’ गीत मंगलबार पुतलीसडकस्थित आवर स्टुडियोमा रेकर्ड गरियो । थानेश्वर गौतमको संगीत रहेको गीत निर्देशक सुवेदी आफैँले लेखेका हुन् । रेखाले निकै मिहिनेत गरेर गीत गाएको बताइन् । ‘मलाई अफर आएपछि मैले धेरै प्राक्टिस गरेँ,’ उनले भनिन्, ‘हुन त, पहिला पनि मैले गीत गाइसकेकी थिएँ । तर, यत्तिको हाई पिचको गीत भने गाएकी थिइनँ ।

त्यसैले, धेरै मिहिनेत गर्नुपर्‍यो ।’ उनले शब्द र संगीत मन परेकाले गीत गाएको बताइन्। पछिल्लो समय पाश्र्व गायनमा चम्किरहेका प्रह्लाद तिमिल्सिनाले पनि सुपरस्टार हिरोइनसँगै गीत गाउँदा निकै रमाइलो लागेको बताए । ‘गीत निकै हाई पिचमा भएकाले सुरुमा त आफैँलाई सक्दिनँ कि भन्ने लागेको थियो,’ उनले भने, ‘त्यसकारण रेखाजीलाई पनि गाह्रो पर्ला भन्ने लागेको थियो । तर, उहाँले निकै राम्रो गाउनुभएको छ ।’ रहर पूरा गर्ने इच्छाले मात्र गायनमा हात नहालेको रेखाको दाबी छ । ‘म पहिलादेखि नै गाउँथेँ ।

मैले रहर पूरा गर्न मात्र गाएकी होइन,’ उनले भनिन्, ‘यो गीत निकै राम्रो छ । कम्फर्म हिट हुन्छ ।’ गीत हिट भए पनि आफूले पाश्र्व गायनलाई भने जोड नदिने उनले बताइन् । दिलासा क्रिएसनको ब्यानरमा लक्ष्मणकै लेखन, गीत, निर्माण र निर्देशनमा बन्ने फिल्मका कलाकार भने गोप्य नै राखिएको छ । माघ पहिलो सातादेखि सुटिङ सुरु गरिने बताइएको फिल्ममा जम्मा चार गीत छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment