अझै विवादमा राजा विरेन्द्रको सम्पत्ति

a


काठमाडौँ २० पुष । छाउनीस्थित सरकारको नाममा आउनु पर्ने करोडौं मूल्य बराबरको करिब १५ रोपनी जग्गासम्बन्धी विवाद अझै टुंगिएको छैन । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सिंहले दाइजोस्वरुप सो जग्गा आफ्नो भएको दाबी गरेपछि त्यससम्बन्धी विवाद अदालतसम्म पुगेको थियो ।

१० जेठ ०६२ मा दाइजोका रुपमा बाबु ज्ञानेन्द्र शाहबाट सो जग्गा र त्यसमा बनेको दरबार पाएको, तर नेपाल ट्रस्टले सरकारीकरण गर्न खोजेको भन्दै प्रेरणाले सर्वोच्च अदालतसम्म पुगेपछि विवाद उत्कर्षमा पुगेको हो । नेपाल ट्रस्टविरुद्ध अदालत गएककी सिंहको पक्षमा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीस चोलेन्द्रशमशेर राणाले ६ असारमा प्रेरणाका पक्षमा फैसला सुनाएका थिए।

तर सो फैसलामा ट्रस्टले चित्त बुझाउन सकेकोझ छैन। उसले सर्वोच्चको फैसला विरुद्ध पुनराबलोकनमा जाने निर्णय गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment