a
![]() |
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टी-२० क्रिकेट खेलाडीहरुको र्याङ्किङ सार्वजनिक गरेको छ ।हेर्नुहोस एक रेपोर्ट भिडियोमा
१६ भदौ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी-२० क्रिकेट खेलाडीहरुको र्याङ्किङ सार्वजनिक गरेको छ ।ब्याटिङतर्फ भारतका विराट कोहली शीर्ष स्थानमा आएका छन् । इंग्ल्याण्डका एरोन फिन्च दोस्रो स्थानमा झरेका छन् ।नेपालका कप्तान पारस खड्का र शरद भेसवाकर टप १०० मा परेका छन् । कप्तान पारस ७४ औं नम्बरमा छन् भने शरद भेसवाकर ८३ औं नम्बरमा छन् ।पारसले श्रीलंकाका लाहिरु थिरिमाने, इंग्ल्याण्डका मोइन अली, भारतका रोविन उथप्पलाई समेत उछिनेका छन् । थिरिमाने ७६, अली ७७ र उथप्पा र्याङ्किङमा ८२ औं नम्बरमा परेका छन् ।शरदले बंगलादेशका महमुदुल्ला, वेष्टइण्डिजका डरेन ब्राभो, आरयरल्याण्डका निल ओ’ब्रायनलाई पछि पारेका छन् । अष्ट्रेलियाका स्टिभ स्मिथ ९६ औं स्थानमा परेका छन् ।बलिङतर्फ बसन्त रेग्मी ७० औं नम्बरमा परेका छन् । शक्ति गौचन ८१ र सोमपाल कामी ८४ औं नम्बरमा परेका छन् ।
a
![]() |


0 comments:
Post a Comment