a
![]() |
संविधान जारी भएपछि उब्जिएको राजनीतिक अवस्थाबारे जानकारी लिन राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्रे फेल्टम्यान तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। महासचिव बान कि मुनको विशेष दूतका रुपमा उपमहासचिव फेल्टम्यान काठमाडौँ आएका हुन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
गत वर्ष पुसमा पनि भारत हुँदै नेपाल आएका उनी अहिले उत्पन्न अवस्था बुझ्न नेपाल आएका हुन्। नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पटक-पटक राष्ट्रसंघमा छलफल गरेर उनी नेपाल आएका हुन्। राजनीतिक दलका शीर्ष नेताहरुसँग टेलिफोन बार्तासमेत गर्दै आएका उनले यहाँ उत्पन्न परिस्थितिबारे छलफल गर्नेछन्।
३० वर्ष अमेरिकी कूटनीतिक सेवामा सक्रिय रहेर अमेरिकी सरकारको तर्फबाट राष्ट्रसंघमा सिफारिस हुँदै राजनीतिक मामिला प्रमुख रहेका उनको तेस्रो नेपाल भ्रमण पछिल्लो राजनीतिक अबस्था बुझ्ने विषयमै केन्द्रीत हुनेछ।
a
![]() |

0 comments:
Post a Comment