केपी ओलीले आफूखुसी गरेको भन्दै एमालेमा विवाद

a


प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गरेको भन्दै एमालेभित्र असन्तुसष्ट फेरि चुलिएको छ। मंगलवार स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङलाई दलको उपनेता बनाएपछि पुन असन्तुष्टि सुरु भएको हो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

व्यक्ति छनोट ठीक भएपनि छनोटको प्रक्रिया गलत गरी नेम्वाङलाई उपनेता बनाइएको भन्दै पदाधिकारीले नै असन्तुष्टि जनाएका छन्। पार्टीभित्र छलफल नै नगरी माधव नेपाल, झलनाथ खनाललगायतका फरक खेमाका नेताहरु उपस्थित नै नभएको संसदीय दलको बैठकबाट नेम्वाङलाई उपनेता बनाइएको थियो।

यस्तै एमालेका तर्फवाट ९ पुसमा ६ राज्यमन्त्री थप गर्दा ओलीले एकलौटी गरेको भन्दै माधवकुमार नेपाल समूह असन्तुष्ट भएको थियो। यसअघि प्रधानमन्त्री भएपछि पहिलो पटक गरेको मन्त्रिपरिषद विस्तारलार्इ लिएर एमालेभित्र विवाद थियो।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment