अख्तियारले काटेको पत्रमाथि सर्वोच्चले गम्भीर प्रश्न उठायो

a


सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष एबम् नागरिक समाजका नेता कनकमणि दिक्षितको सम्पत्ति छानबिनका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेको पत्रमाथि गम्भीर प्रश्न उठाएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको बेन्चले मंगलबार दिक्षितको माग बमोजिम आफ्नो सम्पत्तीमाथिको छानबिन तत्काल रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेपनि ‘कानुनको अख्तियार र प्रयोजन नखुलाई कसैले अनुसन्धानको नाममा कुनै कारबाही गर्न नमिल्ने’ आदेश गरेको छ ।

इजलासले अख्तियारले लेखेको पत्रमा ‘अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ र नियमावली २०५९ मा व्यवस्था भएबमोजिम के कुन प्रयोजनका लागि कुन कानुनी व्यवस्था अन्तर्गत उपस्थित हुन सूचित गरिएको हो’ भन्ने कुरा उल्ल्ेख नभएको ठहर छ । आजको नागरिक दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment