a
![]() |
पाँच महिनादेखि जारी मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले मधेसीको जीवन कठिन अवस्थामा पुगेको छ। म्धेसका १० जिल्लामा सबैभन्दा मार निम्न र मध्यमवर्गीय परिवारलाई परेको छ।
सर्वसाधारण नाकाबन्दी खुल्ने पर्खाइमा बसेको हप्तौँ भइसक्यो । दिक्क मान्दै उनीहरु भन्ने गर्छन्,‘ मर्नु र बाँच्नुको अवस्थामा पुगेका छौँ। बन्द कहिले अन्त्य हुन्छ?’
जनकपुरका मुटुरोग र उच्च रक्तचापका बिरामी सेवानिवृत्त शिक्षक राजेन्द्र विमलले पुसको पहिलो साता ५ दिनसम्म जीवनरक्षक औषधि सेवन गनै पाएनन्। दैनिक लिनु पर्ने औषधि जनकपुरमा नभेटिएपछि बाहिरबाट मगाएर जेनतेन चलाउनु परेको छ।
वीरगन्जका राजनीतिकर्मी राकेश सिंह नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनबाट राज्य गम्भीररुपले चुकेको वताउँछन्। लामो बन्दले मिलहरु बन्द भएकाले किसानले उब्जाएको धानको उचित मूल्य पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
a
![]() |

0 comments:
Post a Comment