a
![]() |
प्रमुख तीन दलले बनाएको कार्यदलसँग छलफल गर्न मधेसी मोर्चाले पनि तीन सदस्यीय कार्यदल गठन गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुली बजारमा आज बसेको मोर्चाको बैठकले कार्यदल बनाएको हो ।
कार्यदलमा तमलोपाका हृदयेश त्रिपाठी, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ र तराई मधेश सद्भावना पार्टीका रामनरेश राय रहेका छन् ।कार्यदललाई मोर्चाले अघि सोरेको ११ बुँदे माग बारे तीन दलका तर्फबाट गठित कार्यदलसँग छलफल गर्ने जिम्मा पाएको छ । कार्यदलले सरकारसँगको वार्ताका लागि खाका तयार गर्नेछ । मोर्चाले गठन गरेको कार्यदलमा सद्भावना पार्टीका प्रतिनिधि भने सहभागी भएका छैनन् ।
सहमतिका लागि कार्यदलमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल, एकीकृत माओवादीबाट महासचिब कृष्णबहादुर महरा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट केन्द्रिय सदस्य महेश आचार्य हुनुहुन्छ । दलहरुले छिटै मधेशी मोर्चासँग सहमति हुने बताएका छन् ।
a
![]() |

0 comments:
Post a Comment