यस्तो छ रामचन्द्र पौडेल दिल्ली जानुको कारण

a


। नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल भारतको पाँच दिने भ्रमणका निम्ति सोबार बिहान काठमाडौंबाट दिल्लीतर्फ प्रस्थान गरे । पौडेल बाबा रामदेबको निमन्त्रणमा भारत भ्रमणमा गएका हुन् । उनले हरिद्धारमा आयोजित विषेश समारोहमा सहभागिता जनाउने र त्यसपछि महत्वपूर्ण राजनीतिक भेटघाट तथा छलफलमा पौडेल सरिक हुने बुझिएको छ ।

पौडेलका साथ कांग्रेका युवा नेता सालिग्राम सिंह पनि भारत गएका छन् । प्राप्त जानकारीअनुसार पौडेलले नयाँ दिल्लीमाा विदेशमन्त्री शुष्मा स्वाराज, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डाभाल, प्रभावनी नेता राममाधव सिंह, गृहमन्त्री राजनाथ सिंह र कंग्रेस नेता कर्ण सिंह लगायतसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री मोदीसँग पनि उनले भेटघाटको प्रयास गरिरहेका छन् । नेपाली कांग्रेसको तेह्र्रा महाधिवेशन नजिक आएको बेला भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पौडेलले भने आफ्नो भ्रमण दुई पक्षीय असमझदारीलाई हटाएर नेपाल भारत सम्बन्धलाई सहज एबम् मित्रबत बनाउन सफल हुने विस्वास व्यक्त गरेका छन् । घटनारविचार साप्ताहिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment