a
![]() |
सर्वस्व सहित जन्म कैदको सजाय सुनाइएका एकीकृत माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वाच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशद्वय गोपाल पराजुली र ओमप्रकाश मिश्रको संयुक्त इजलाशले बिहीबार ढुंगेललाई आममाफी दिन नमिल्ने फैसला सुनाउँदै पक्राउ गर्न आदेश दिएको हो ।
ओखलढुङगामा उज्जन,गणेश श्रेष्ठको हत्या प्रकरण सम्वन्धी मुद्दामा सावित्री श्रेष्ठले दायर गरेको रिटमा बिहीबार सुनुवाई गर्दै सर्वाच्च अदालतले यसअघि अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कार्यान्वयन हुनुपर्ने भन्दै उक्त आदेश दिएको हो । द्वन्द्वकालको समयमा ओखलढुगाका उज्जन, गणेश श्रेष्ठको हत्यामा संलग्न रहेको भनि अदालतले सजाय सुनाएको भएपनि हाल सम्म पक्राउ परेका मात्रै थिएन खुलमखुला हिँडडुल गर्दै आएका छन् ।
अघिल्लो संविधान सभाको सदस्यसमेत भएका ढुङगेललाई कारवाही हुनुपर्ने माग गदै उज्जनकी दिदी सावित्रीले पटक पटक सर्वोच्चमा मुद्दा हाल्दै आएकी छिन्। उज्जनको हत्या २०५५ असार १० गते ओखलढुंगा–७, तार्केबारीमा भएको हो। अर्का भाई गणेशको पनि उजुरी गरेको आरोपमा गणेशको २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेका बेला रामेछाप, साँघुटारमा गोली हानी हत्या गरिएको थियो। बावुलाई हत्या गरेको देखेपछि छोरीले आत्महत्या गरेकी थिइन ।
a
![]() |

0 comments:
Post a Comment