a
![]() |
आन्दोलनरत मधेसी मोर्चासँग प्रमुख ३ दलले आज पनि छलफललाई निरन्तरता दिने भएका छन् । आजको छलफल मोर्चाले उठाएका ११ बुँदे मागमा केन्द्रित रहने कांग्रेस केन्द्रीय सदस्य एवम् कार्यदलका सदस्य महेश आचार्यले जानकारी दिएका छन् । शुक्रबार दिउँसो बस्ने भनेको बैठकको समय भने तय भैसकेको छैन ।
यसअघि हिजो बसेको कार्यदल बैठकमा राजनीतिक संयन्त्रमार्फत प्रदेश सिमाकंनको टुंगो लगाउने विषयमा मोर्चा सकारात्मक देखिएपछि शुक्रवार फेरि छलफल हुन लागेको हो । हिजोको बैठकमा प्रमुख तीन दलले बनाएको कार्यदलसँग मोर्चाले प्रदेश सिमाकंनलाई टुंग्याउन बनाइने राजनीतिक संयन्त्रको वैधता र कार्यविधि पेश गर्न भने पछि वैठक शुक्रवारका बस्ने गरी टुंगिएको थियो ।
a
![]() |

0 comments:
Post a Comment