a
![]() |
राजधानीमा मोटर साईकलको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । गएराती स्वयम्भूको अन्नपूर्ण चोकमा से ४ प ५३४७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्वयम्भू सानोभर्याङका ६५ वर्षे सुशील मानन्धरको ज्यान गएको हो ।
तिब्र गतिमा रहेको मोटरसाईकलले ठक्कर दिदा गम्भिर घाईते भएका मानन्धरको गए रातिनै उपचारका क्रममा ज्यान गएको हो । सोही दुर्घटनामा मृतककी श्रीमती ४८ वर्षे निर्मला महर्जन पनि घाईते भएकी छन् । उनको अहिले शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सल्यानका २० वर्षे अर्जुन साउदलाई थप उपचारको लागि न्यूरो अस्पताल बाँसबारी रिफर गरिएको छ ।
a
![]() |

0 comments:
Post a Comment