a
![]() |
भारतले रक्सौल बजारदेखि ५ किलोमिटर टाढाको खुल्ला क्षेत्रमा १ सयभन्दा बढी ग्यासका बुलेट नेपाल प्रवेशको पर्खाइमा छन्। तीन सबै बुलेट काठमाडौं केन्द्रीतथ ग्यास उद्योगका हुन्।
त्यहाँ रहेका २ सय ८ बुलेटमध्ये ८४ वटा बुलेटलाई नाका परिवर्तन गरी सुनौली भैरहवाबाट ल्याउने निश्चित भइसकेको छ। तर बाँकी रहेका बुलेट नाका नखुलेसम्म आउन सक्ने छैनन्।
भारतको नाकाबन्दी हुनासाथ रोकिएका ती बुलेटको भारत र नेपाल दुवैपट्टीको भन्सार जाँचपास भइसकेको छ। नाकाबन्दीले भारतपट्टी रोकिएका १ सय २४ बुलेटको रक्सौल र वीरगञ्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेकाले अन्य नाकाबाट ल्याउन कठिन भएको आयल निगमले जनाएको छ।
निगमकै सल्लाहमा उद्योगीले भारत पट्टी रोकिएका बुलेटको हतारमा दुबै तर्फको भन्सार जाँचपास गराइएको थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
a
![]() |

0 comments:
Post a Comment