a
![]() |
एजेन्सी, १७ भदौ । दोश्रो विश्वयुद्ध अन्त्य भएको ७० औं वर्षगाँठको अवसरमा चीनले बिहीबार भव्य सैन्य प्रदर्शन गरेको छ । उसले गरेको सैन्य प्रदर्शनले विश्वको ध्यान आकर्षित गरेको बताईको छ ।
दोश्रो विश्वयुद्धमा जापान पराजित गरेको खुसियालीमा बेइजिङको तियानमैनमा भएको सैन्य परेडमा १२ हजारभन्दा बढी सेनाले सैन्य कौशल प्रस्तुत गरेका थिए भने अन्य कार्यक्रम भएका छन् । यसका साथै २ सय भन्दा बढी सैन्य बिमान आकाशमा उडाइएको छ भने त्यति नै संख्यामा युद्धपोत प्रदर्शन गरिएको बिबिसिले जनाएको छ ।
चीनले परेडमा सामेल गराउने सैन्य शक्तिमध्ये ८० प्रतिशत सामाग्री पहिलो पटक जनतामाझ सार्वजनिक गरेको हो । कार्यक्रममा विभिन्न ३० देशका राष्ट्र तथा सरकार प्रमुख र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
- See more at: http://medianp.com/2015/09/66613.html#sthash.Ic5gB4C9.dpuf
a
![]() |

0 comments:
Post a Comment