a
![]() |
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले नाकाबन्दीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वभर बेइज्जत भइसकेकाले उनी नाकाबन्दी लम्ब्याउने पक्षमा नरहेको बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले अब नेपालमाथी भारतले नाकाबन्दी लगाउन नसक्ने दावी गर्दै फेरि नाकाबन्दी लगाइरहेको खण्डमा मोदीसँग भारतको विश्वव्यापी बेइज्जत हुने बताए । प्रचण्डले दिल्लीले नेपाललाई सिक्किम, क्रिमिया र पूर्वी पाकिस्तान जस्तो बनाउने खोजेको बताए ।
नेपालका आठ जिल्लालाई भारतले टुक्रयाउन खोजेको उनको आरोप थियो । संविधान संशोधन हुनासाथ नाकाबन्दी खुल्ने उनको भनाई थियो । उनले कुनै पनि देशले नस्वीकारे पनि नेपालको संविधान नेपाली जनताले स्वीकार्ने दावी गरे ।
प्रचण्डले मधेशमा आन्दोलनरत दल पनि राष्ट्र विरोधी देखिएको टिप्पणी गरे । संविधानबाट जनताको आशा र अपेक्षा केही मात्रमा भए पनि पूरा भएकोले अब संविधान कार्यान्वयनतिर लाग्नुपर्नेमा उनको जोड थियो । अन्नपूर्ण पोष्टमा खबर छ ।
a
![]() |

0 comments:
Post a Comment