a
![]() |
कामदारलाई मलेसियाबाट स्वदेश फिर्ता पठाउन दलालको चलखेल सुरु भएको छ । मलेसियाले अवैध रुपमा बस्ने विदेशी कामदारलाई कडा कारबाही गर्ने कानुन ल्याउने तयारी गरेकाले दलालले त्यसको फाइदा उठाउँदै सेटिङ मिलाएर स्वदेश फर्कन चाहने नेपाली कामदारसँग ७० हजारदेखि ८० हजार रुपैयाँसम्म लिन थालेका छन् ।
विशेषगरी भिसा अवधि बाँकी भएका तर कम्पनी परिवर्तन गरेका व्यक्तिलाई नेपाल फिर्ता गर्न दलालको चलखेल बढेको हो । नेपाल र मलेसिया दुवैतिका दलालमार्फत सेटिङ मिलाएर कामदार घर फर्काउने प्रवृत्ति देखिएको छ । नीति आइसकेपछि चर्को जरिवाना एवं जेलसजाय हुने भन्दै दलालले कामदारसँग मोटो रकम असुल्न थालेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
a
![]() |

0 comments:
Post a Comment