वीरेन्द्रको बुलेटप्रुफ गाडी अलपत्र

a


। नारायणहिटी दरबार संग्राहलय परिसरभित्र छ राहदानी विभाग। दरबारको पश्चिमी ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा, जहाँ २०६५ साल जेठसम्म पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालय थियो। आजको नागरिक दैनिकमा खबर छ ।

दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ। त्यहाँ केही फोहर राख्ने भाँडासँगै भेटिन्छ, कालो रंगको कार। दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन पुग्छन्। तर न कसैको ध्यान त्यो कारमा छ न त्यो कारले कसैलाई आकर्षण गर्न।कारका दुवै लुकिङ ग्यास फुटेका छन्। कार धुलाम्य छ। धुलोले कारको वास्तविक रंग कालो हो कि खैरै, छुट्याउन गाह्रो पर्छ।

बा १ च १२९४ नम्बरको कारको अठाडिपट्टी नम्बर प्लेटको थोरै माथि अंग्रेजीमा लेखिएको छ मर्सिडिज बेन्ज। वर्षौ भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको। कसैले मेरो हो भन्दै दाबी गर्न आएको छैन। राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment