ओली अध्यक्ष भएदेखि नै एमालेमा विवादै–विवाद

a


एमालेभित्र विवादको शृंखला ओली प्रधानमन्त्री भएपछि मात्र सुरु भएको होइन, नवौँ महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएदेखि नै सुरु भएको हो ।कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री पठाउँदा र फेरबदल गर्दा मात्र होइन, संसदीय समितिका सभापति, सुकुम्बासी आयोगका अध्यक्ष र मन्त्रिपरिषद्बाट मनोनीत गरिने सभासद् छनोट गर्दासमेत ओलीले एकलौटी गरेको भन्दै केही पदाधिकारीले लिखित असहमति नै दर्ता गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रकरणमा नेपाल पक्षका तत्कालीन खेलकुदमन्त्रीलाई ओलीले राजीनामा दिन दबाब दिएपछि नेपाल समूह ओलीविरुद्ध हस्ताक्षर संकलनमै उत्रिएको थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment