a
![]() |
मकर संक्रान्ति अर्थात माघे संक्रान्ति नजिकिदै गर्दा अहिले राजधानीका पसलहरुमा चाकु तथा सखरको व्यापार सुरु भएको छ । माघे संक्रान्ति पर्वमा विशेष गरेर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाउने गरिन्छन् ।
संक्रान्तिमा विशेष रुपमा प्रयोग गरिने चाक्कु बनाउन व्पारिहरुलाई अहिले भ्याइनभ्याइ भएको छ । तर, यस वर्ष गत वर्षको भन्दा चाक्कु बनाउन निक्कै गाह्रो भएको व्यापारिहरु बताउछन् । भारतिय नाकाबन्दीका कारण ग्यास नहुदा चाक्कु बनाउन गाह्रो भएको व्यवसायिहरु बताउछन् ।
बनाएरै पनि गत वर्षको जस्तै चाकु व्यापार हुँदैन की भन्ने पनि उनीहरुलाई चिन्ता छ । धेरै नेपालीको अवस्था यो वर्ष चाडवाड मनाउँने खालको नभएका कारण पनि चाकु गत वर्ष जस्तै बिक्री नहोला की भन्ने पिरलो छ । ग्यास अभावमा दाउरामा निक्कै मेहनत गरेर बनाएको चाकुको मुल्य पनि गत वर्ष भन्दा यो वर्ष बढेको व्यवसायिहरु बताउछन् ।
सक्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डु खादा चिसो काटीने तथा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास रहिआएकाले पनि खाने चलन छ ।
a
![]() |

0 comments:
Post a Comment