वीरगन्जमा प्रहरीले चलाएको गोली लागि थप एकजनाको मृत्यु, कर्फ्युकैबीच प्रदर्शन उग्र हेर्नुहोस भिडियो

a





वीरगन्जमा प्रहरीले चलाएको गोली लागि थप एकजनाको मृत्यु, कर्फ्युकैबीच प्रदर्शन उग्र हेर्नुहोस भिडियो
वीरगन्ज, भदौ १५ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मंगलबार एकजनाको मृत्यु भएको छ ।वीरगन्जको राधेमाई टोलनजिक भएको प्रदर्शनले उग्ररुप लिएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि मनियारी, इनरुवाका धर्मराज सिंहको मृत्यु भएको हो ।त्यसक्रममा चारजना घाइते भएकोर घाइतेमध्ये देवराज सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।यसअघि, मंगलबार बिहान वीरगन्जमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागि तीनजना प्रदर्शनकारी घाइते भएका थिए । स्थानीय प्रशासनले लगाएको कर्फ्युको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर गन्डकचोकमा निमेश पटेल र सन्दीप पटेल घाइते भएका हुन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।वीरगन्जकै नगुवामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर संविधानसभा चुनावमा बारामा उम्मेदवार बनेका विश्रामपुरका अमिरीलाल पाल घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।प्रहरीसँगको झडपमा अन्य १५ जना आन्दोलनकारीसमेत घाइते भएका छन् ।यसैबीच, प्रहरीले नारायणी उपक्षेत्रीय अस्पतालभित्रै प्रवेश गरी मंगलबार गोली चलाएको छ । कर्फ्युको समयमा अस्पताल परिसरमा भीड भएको भन्दै प्रहरीले तीन राउन्ड रबरका गोली प्रहार गरेको हो ।गोली लागेर अस्पतालमा रहेका तीनजना घाइते भएका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट लगाएको कफ्र्यु मंगलबार पनि जारी राखेको छ । तर, आन्दोलनकारीले कर्फ्युको अवज्ञा गरेको भन्दै प्रदर्शन सुरु गरेपछि झडप भएको हो ।आन्दोलनकारीले बिहानै पर्साको गन्डकचोक, लुचुमनवा चोक, मुर्ली, छपकैंयालगायतका स्थानमा प्रदर्शन गरेका छन् ।यसअघि, सोमबार भएको प्रदर्शनमा एक जनाको मृत्यु हुनुका साथै २३ जना आन्दोलनकारी घाइते भएका थिए । वीरगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।यसअघि, कर्फ्युकै समयमा सोमबार राति पनि आन्दोलनकारीले वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment