Praharibatai exploitations

a

वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले ।
भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘मलाई प्रहरीले ओच्छ्यान बनाएका छन् । तपाईहरुसँग कारबाही गर्ने हिम्मत छ भने मेरो गोपनीयता कायम गरिदिनोस म नाम दिन तयार छु ।’ उनले डान्सबारका मालिकबाट पनि यौनहिंसाको सिकार हुनुपरेको बताएको बताइन् ।
खानलाउन दुःख भएकै कारण यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ । गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी बन्दना राई (नाम परिवर्तन) को पनि छ । भूकम्पमा परिवार गुमाएकी उनीसँग छोरीमात्रै जीवित छन् । ‘मैले पढेकी छैन, जागिर कसले दिन्छ मलाई ? त्यसैले म क्याबिनमा काम गर्छु । म धेरैपटक प्रहरीको सिकार भएकी छु,’ उनले भनिन् ।
कार्यक्रममा गुरुङ र राईजस्ता एक दर्जन युवती र महिला उपस्थित थिए । उनीहरु कुनै न कुनै रुपमा यौनपेसामा थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।- See more a
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment