a
|
काठमाडौं, २२ मंसिर । पछिल्लो समय नेपाल टेलिकमका प्रयोगकर्ताहरु रिचार्ज समस्याका कारण हैरानीमा छन् । देशैभरी जिएसएम मोवाईल रिचार्ज नहुँदा उपभोक्ताले हैरानी व्यहोर्नु परेको हो । कार्डबाट घण्टौँसम्म रिचार्ज नभएपछि टेलिकामका प्रयोगकर्ता हैरानीमा छन् । रिचार्ज समस्याका कारण कतिपय ग्राहकले अत्यावश्यक काम गर्न समेत असहज भएको गुनासो गरेका छन् । यो समस्याका कारण इमर्जेन्सी परेर एम्बुलेन्स बोलाउन सकिने अवस्था छैन ।
ग्राहकबाट यस्तो गुनासो आउँन थालेपछि टेलिकमले फ्रिक्वेन्सीमा बढेको लोडका कारण यस्तो समस्या आएको बताएको छ । सस्तो रिचार्जकार्ड ल्याएपछि रिचार्ज गर्नेहरुको लोड बढेकोले समस्या भएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यको भनाई छ ।
समस्या समाधानका लागि प्रयास भैरहेको टेलिकमले जनाएको छ । सिस्टममा कसरि प्रोभिजन गर्ने भनेर पनि प्रयास भईरहेको साथै यसबाहेक ग्राहकलाई ठूलो रिचार्जकार्डको प्रयोग बढाउने गरि पनि काम गरिरहेको प्रवक्ता वैद्यको भनाई छ । टेलिकमले रिचार्जको नयाँ प्रविधी ‘एमपोस’ ल्याएकोले जनचेतना जगाएर त्यसको प्रयोग बढाउँन लागिपरेको पनि टेलिकमको भनाई छ ।
a
|
0 comments:
Post a Comment