त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० करोडको औषधि जफत

a

२३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पाँच महिनादेखि अलपत्र करिब ६० करोडको औषधि सरकारले जफत गरेको छ । अलपत्र औषधिको हकदाबी गर्न दिइएको गत सोमबारसम्म दिइएको समयमा कोही सम्पर्कमा नआएपछि मंगलबार विमानस्थल भन्सारले औषधि जफत गर्ने निर्णय गरेको हो ।विमानस्थल भन्सारले गत १४ मंसिरमा एक साताभित्र औषधि हकदाबी गर्न आउन सूचना निकालेको थियो । गत वैशाखमा गएको भूकम्पका घाइतेलाई सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले २० असारपछि पठाएको करिब डेढ अर्ब रुपैयाँबराबरको औषधिमध्ये विमानस्थल भन्सारमा ६० करोडभन्दा बढीको औषधि अलपत्र परेको थियो । बाँकी औषधि वीरगन्ज भन्सारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भन्सारमा रहेका ती औषधिमध्ये करिब १० प्रतिशतको म्याद गुज्रेको प्राविधिकले बताएको नयाँ पत्रिकामा खबर छ ।भूकम्पपीडितको राहतका लागि आएका औषधि सुरुमा शून्य भन्सारदरमा निकासी गरे पनि भन्सार विभागले २० असारपछि ल्याइएकामा भने १ प्रतिशत शुल्क लिने निर्णय गरेको थियो । कर तिर्नुपर्ने भएपछि करोडौँ मूल्यको औषधि लिन कोही पनि नगएका हुन् ।भारतको नाकाबन्दी र मधेस आन्दोलनले देशभर औषधि अभाव भएका वेला सरकारले अलपत्र रूपमा रहेका तिनै औषधि सदुपयोग गर्न खोजेको हो । विमानस्थल भन्सारका प्रमुख भन्सार अधिकृत केशव उप्रेतीले राहतका नाममा २० असारपछि आएका सबै औषधि जफत गरिएको जानकारी दिए ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment