a
|
भारतको अघोषित नाकाबन्दीले ठप्प रहेका नाकाहरु बिस्तारै खुकुलो हुँदै गएका छन् । आजको नयाँ पत्रिका दैनिकका अनुसार मेची भन्सार कार्यालयका अनुसार बिहीबार पूर्वी नाकाबाट इन्धनसहित एक सय नौवटा मालबाहक सवारी नेपाल प्रवेश गरेका छन् । पेट्रोलका चार, डिजेलका १३, मट्टीतेलका दुई र हवाई इन्धन एक गरी २० वटा ट्यांकर भित्रिएका हुन् ।
बुधबार तेस्रो मुलुकबाट आएका कन्टेनरसहित एक सय ५६ मालबाहक सवारीसाधन नेपाल भित्रिएका थिए । तीन दिनयता नाकाको अवस्था सहजतातर्फ उन्मुख भएको भन्सार प्रमुख भीमप्रसाद अधिकारीले बताए । तर पनि बिहीबार साँझसम्म पानीट्यांकी नाकामा अझै साढे चार सय मालबाहक सवारीसाधन नेपाल प्रवेशको पर्खाइमा छन् ।
विराटनगर–जोगबनी नाकाबाट बिहीबार ५३ वटा इन्धनका ट्यांकर नेपाल प्रवेश गरेका छन् । विराटनगर भन्सारका अनुसार १४ ग्यास बुलेट, २८ डिजेल, ११ पेट्रोल तथा एक सय ७० वटा मालबाहक सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार मंगलबार सो नाकाबाट २ सय ५३ मालबाहक ट्रक–कन्टेनर आएका थिए भने बुधबार २५२ मालबाहक ट्रक–कन्टेनर भित्रिएका थिए । यो नाकाबाट सामान्य समयमा २ सय गाडी आउने गरेका थिए ।
रूपन्देहीको बेलहिया नाका अझै सहज भएको छैन । बिहीबार दुई ग्यास बुलेटसहित ६० वटा गाडी अपराह्न ५ बजेसम्म नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका अधिकृत रवीन्द्र प्याकुरेलले जानकारी दिए । सीमापारि दुई हजारभन्दा बढी गाडी लाइनमा छन् । भारतीय प्रहरीले जबर्जस्ती पैसा मागेर गाडी छाडेको गुनासो बढेपछि नेपाल र भारतका भन्सार एजेन्टले सहज बनाउन लाइनमा बसेका गाडीका लागि टोकन वितरण गरिएको छ । आजको नयाँपत्रिकामा खबर छ ।

0 comments:
Post a Comment