a
|
अख्तियारले सम्पत्ति छानबिनका लागि पत्र काटेपछि एमाले पोलिटब्युरोबाट डा. विजय पौडेलले राजीनामा दिएका छन् । उनले बिहीबार पार्टी कार्यालय धुम्बाराही पुगेर राजीनामापत्र बुझाएका हुन् ।
पौडेलले अख्तियारको छानबिन नटुंगिएसम्मका लागि राजीनामा दिएका हुन् । पुराना वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा पौडेल अघिल्लो संविधानसभामा समानुपातिक सभासद् थिए ।
उनले पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गरेर बुझाएको राजीनामापत्रमा जीवनमा आजसम्म आर्थिक र नैतिक आचरणमा दाग लाग्न नदिएको दाबी गरेका छन् । पत्रमा भनिएको छ, ‘ममाथि राज्यको संवैधानिक अंगबाट नै छानबिन सुरु भइसकेको हुँदा यसको छिनोफानो नहुँदासम्म पार्टीको पोलिटब्युरोजस्तो गरिमामय पदमा बसिरहन अनुपयुक्त हुने हुँदा आजैका मितिदेखि लागू हुनेगरी पोलिटब्युरो सदस्यबाट राजीनामा दिएको छु ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
a
|
0 comments:
Post a Comment