नेपालमा नाकाबन्दी नखुल्दै दार्जिलिङका नेपाली भाषीमाथि यसरी खनियो भारत !

a

भारतले नेपालविरुद्ध अघोषित नाकाबन्दी गरेर नेपालीहरुलाई दुःख दिइरहेको बेला भारतमा रहेका नेपाली मुलका नागरिकलाई तह लगाउने अर्को रणनीति तयार गरेको छ ।
भारतले नेपालको सीमा नजिकै रहेको दार्जिलिङ अन्तर्गत रहेको कालिङपोङलाई अलगै जिल्ला घोषणा गरेर नेपालीहरुको एकतालाई टुक्र्याउन लागेको हो ।
थुपै्र वर्षदेखि गोर्खाल्यान्ड राज्यको माग गर्दै आएका अधिकांश नेपालीहरु भारतको यो निर्णयबाट प्रभावित हुनसक्ने बताइएको छ । अबका केही दिनमै कालिङपोङलाई छुट्टै जिल्ला घोषणा गर्न राज्य सरकार लागेको बताइएको छ ।कालिङपोङलाई अलग्गै जिल्ला घोषणा गर्न पश्चिम बंगाल राज्य सरकारका मुख्यमन्त्री ममता बनर्जीको समेत सक्रियता रहेको बताइएको छ । कालिङपोङसंगै उक्त क्षेत्र वरिपरिका बसिराहाट, बद्रधमान र झारग्राम लगायतका स्थानलाई पनि जिल्ला घोषणा गर्न लाग्नुले गोर्खाल्याण्ड आन्दोलनलाई तुहाउने रणनीति भएका स्वत बुझ्न सकिन्छ, गोर्खाल्याण्ड आन्दोलन अभियानका एक नेताले बताएका छन् ।
भारतीय केन्द्र सरकार र राज्य सकारको यो कदमलाई विगत निकै वर्षअघिदेखि गोर्खाल्यान्ड राज्यको माग गर्र्दै आएको गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन तुहाउने रणनीतिका रुपमा व्याखा गरेको सञ्चारमाध्यामहरुले बताएका छन् । अधिकांश नेपालीहरुको बाहुल्यता रहेको र गोर्खाल्यान्ड आन्दोलनलाई सघाउने थप शक्तिको क्षयीकरणमा भारत सरकार लागेको उनीहरुको आरोप छ ।
कालिङपोङलाई अलगै जिल्ला बनाउने घोषणासँगै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका नेताहरु दिल्ली पुगेको बताइएको छ । भारत केन्द्र सरकारले गोर्खाल्याण्ड आन्दोलन र त्यसको मुद्धालाई सम्बोधन र अध्ययन गर्न उच्चस्तरीय टोली गठन गर्ने आश्वासन दिए पनि त्यस विषयमा कुनै कदम नचालेको बताइएको छ ।गोर्खाल्याण्डको माग गर्दै आएको मोर्चा र त्यसका नेताले केन्द्र सरकारले कालिङ्पोङलाई अलग जिल्ला घोषणा गरेपनि आफ्नो माग पुरा गराएरै छाड्ने दाबी गरेका छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment