a
![]() |
चिसोको मौसम छ । तपाईमा विभिन्न शारिरिक समस्याहरु आउँन सक्छ । यो मौसममा टाउँको दुख्ने समस्या पनि देखा पर्न सक्छ । चिसोमा मात्रै होईन गर्मीमा पनि टाउँको दुख्ने समस्या देखिन सक्छ । कहिलेकहि सामान्य समस्या देखिनुलाई त्यती ठूलो मान्न हुँदैन । तर, बारम्बार टाउँको दुखिरहन्छ भने त्यसका कारण पत्ता लगाएर उपचार गर्नु आवश्यक हुन्छ । बारम्बार टाउको दुख्नुका पछाडि विभिन्न कारणहरु हुन सक्छन् । बारम्बार टाउको दुख्नुका केहि कारणका बारेमा आज चर्चा गर्दै छौं
१. असमान्य उच्चरक्त चाप
उच्च रक्तचापका विशेष देखिनेगरि केहि लक्षणहरु हुँदैनन् । तर, नियमित रुपमा तपाईको टाउको कडा रुपमा दुखिरहेको छ भने तपाईले आफूमा उच्चरक्त चापको समस्या छ की भनेर बुझ्नु पर्छ । उच्चरक्तचापले तपाईँको कुनै पनि अंगलाई हानी गर्ने सम्भावना हुन्छ । निरन्तर टाउको दुख्छ भने तत्कालै चिकित्सकको सल्लाह लिन नभुल्नुहोस । निरन्तर टाउको दुख्ने मानिसमा उच्च रक्त चाप हुने यसअघिका विभिन्न अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् । टाउको दुखाईसँगै धमिलो देख्ने, स्मरण हराउने, रिंगटा लाग्ने, कमजोर महशुस हुने, छात दुख्ने समस्या रक्तचापका अन्य लक्षणहरु हुन् ।
२. मुटुमा कडा स्ट्रोक( ह्दयघात)
टाउको दुख्नुको अर्को कारण तपाईमा ह्दयघात भएको पनि हुनसक्छ । ह्दयघात आकस्मिक रुपमा हुने रोग हो । हृदयघातको प्रमुख लक्षण टाउको दुःख्नु हो । दिमागमा रगतको प्रवाह रोकिनु स्ट्रोकको लक्षण हो, जुन विभिन्न कारणहरुले हुने गर्छन् । नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोकका अनुसार हृदयघात हुनुअघि कडा टाउको दुख्ने गर्छ । तपाईँलाई छातीमा पिडा हुन्छ भने तत्काल चिकित्सकीय सहयोगको आवश्यक छ भन्ने बुझ्नुहोस । अतिरिक्त हृदयघात हुँदा टाउको दुख्नुको अगाडि बोल्न अप्ठ्यारो हुने, आँखा धमिलो हुने, सन्तुलन गुमाउने, हिड्न गाह्रो र शरीरको एउटा पाखोमा कमजोर महशुस हुने गर्छ ।
३. ग्लुकोजको मात्रा न्यून
शरीरमा ग्लुकोजको मात्र कम भएको छ भने पनि निकै कडा रुपमा टाउको दुख्छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘हाइपोग्लाइसिमिया’ भनिन्छ । शरिर भित्रका गतिबिधि सक्रीय सञ्चालनका लागि हाम्रो शरिरमा निरन्तर ग्लुकोज प्रवाहको आवश्यकता पर्छ । न्युन ग्लुकोजले सुरुमा दिमागलाई प्रभाव पार्छ र विस्तारै अन्य अंगहरुमा पनि असर देखिन्छ । तर न्युन ग्लुकोजकै कारण तपाईको टाउको दुख्ने गरेको छ भने पर्याप्त तरल पर्दाथ र कार्बोहाइडे«डयुक्त खानेकुरा खानुभयो भने पनि केही हदसम्म मुक्ती पाउनुुहुनेछ । चिनियुक्त खानेकुराबाट टाढै रहनुहोस् तर शरीरको ग्लुकोज तहलाई पनि कायमै राख्नुहोस । रिंगटा लाग्ने, धमिलो देख्ने, शरिरमा पसिना बग्ने, दिक्क लाग्ने, अनियमित रुपमा धड्कन चल्ने र चिसो महशुस हुनु हाइपोग्लाइसिमियाको अन्य लक्षण हुन् ।
४. दिमागमा संक्रमण
गम्भीर रुपमा टाउको दुख्नुको अर्को कारण मेनेन्जाइटिस भएको पनि हुन सक्छ । भाइरल अथवा ब्याक्टेरियाका कारण दिमाग ढाक्ने पत्र र स्नायु प्रणालीको स्पाइनल कोर्डमा पीडा बढाउनु मेनेन्जाइटिस हो । यसको समयमै पहिचान गरिएन भने मानिसको ज्यान नै जोखिममा पर्छ । अत्यधिक टाउको दुखाइका अतिरिक्त ज्वरो, शरिरमा रातो फोका आउनु, गर्धन दुख्ने, उज्यालोमा हेर्न नसक्नु, शरिरका मांशपेशी लचकदार नहुनु म्यानेन्जाइटिसका अन्य लक्षणहरु हुन् ।
५. आन्तरिक रक्त प्रबाह
मानसिक समस्याहरुका कारण पनि अधिक टाउको दुख्ने समस्या देखिन सक्छ । मानसिक समस्याले कहिलेकाहि दिमागको रक्तनली फुटेर दिमागमै रगत वग्न सक्छ जसका कारण पनि खपिनक्नु टाउको दुख्न सक्छ । दिमागको कुनै रक्त नली च्यातिएमा शरिरको कुनै अंग निकै कमजोर हुनुका साथै गम्भीर टाउको दुख्न सक्छ । आखाँमाथिको भाग दुख्नु, आखाँका नानीहरु केही फराकिलो देखिनु, आखाँका ढकनी कमजोर देखिनु, धमिलो देख्नु, रिंगटा लाग्नु, चेतना गुमाउनु आन्तरिक रक्त प्रवाहका अन्य लक्षणहरु हुन् । त्यसैले धेरै मानसिक रुपमा तनाव लिने काम पनि नगर्नुहोस् ।
६. टाउकोमा लागेको गम्भीर चोट बल्झिनु
कुनै बेला टाउकोमा लागेको गम्भीर चोट बेलाबेला बल्झिन सक्छ । यस्तो अवस्थामा पनि टाउँको धेरै दुख्न सक्छ । त्यसकारण कुनै दुर्घटनापछि वा घाइते भएपछि तपाईलाई भएको पीडा वा उपचारबारे जीवनभर ध्यान दिन आवश्यक छ । टाउकोको खप्पर वा दिमागको रक्त नलीमा हुने अशरले दीर्धकालिन रुपमा टाउको दुख्छ । वाकवाकी लाग्नु, कुनै पनि विषयमा ध्यान केन्द्रित गर्न नसक्नु, स्मरण हराउनु, शरिरका कुनै अंगहरु दुख्नु, धमिलो देख्नु, भोक नलाग्नु टाउको चोट बल्झिदाका लक्षणहरु हुन् ।
७. उमेरसँग सम्बन्धित समस्या
कोहीकोहीलाई उमेर ढल्केसँगै टाउकोको समस्या देखिन सक्छ । ५० वर्ष उमेर पार गरेका मान्छेलाई गहिरो टाउको दुख्ने समस्या देखियो भने उपचारमा ढिला ई गर्नु हुँदैन । पाका मान्छेमा यस्तो समस्या देखिनु भनेको टाउकोका कोषहरुमा समस्या वा ब्रेन ट्युमरको संकेत पनि हुन सक्छ ।-.
a
![]() |

0 comments:
Post a Comment