a
|
बैशाख १२ को विनाशकारी भुकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा यतिबेला चिसोले पीडितहरु समस्यामा परेका छन् । भुकम्पपछि त्रिपाल मुनी बस्दै आएका पीडितहरु भुकम्प गएको आठ महिना बितीसक्दा पनि व्यवस्थीत बसोबास नहुदा पीडितहरु चिसोको समस्यामा परेका हुन् । उच्च हिमाली क्षेत्रमा रहेको सिन्धुपाल्चोकको अधिंकाश गाविसमा हिऊ र तुसारो पर्न सुरु भइसकेको छ । हिऊ र टुसारोलाई सरकारले दिएको पालले छेक्न नसकेको पीडितहरुको भनाइ छ ।
जिल्लाका अधिंकाश गाविसहरुमा यतिबेला भुकम्प पीडितहरु जस्ताको टहरोमा बसिरहेका छन् । गोल्चे,गुम्बा,पाङताङ लगायतका जिल्लाका विकट गाविसमा भने अहिले पनि पीडितहरु पालमुनी नै बसिरहेका छन् । भुकम्पमा दिएको पाल सबै पाप्रो उप्केर शित ओच्छ्यानमा नै पर्दा वृद्धा र केटाकेटीलाई झनै समस्या भएको पीडितहरुको भनाइ छ । पाङताङ गाविसको कात्तिके गोल्चे,गुम्बा र पाङताङ गाविसको केन्द्रभाग हो । यो बजारसम्म सडक पुगेको छ र यातयात पनि सञ्चालन हुन्छ । हुनत यो भन्दा माथीसम्म पनि सडक पुगेको छ तर बैशाखपछि त्यता सवारी साधन सञ्चालन हुन सकेको छैन । तीन गाविसको केन्द्रभाग भएपनि यो बजारमा भुकम्पपछि अहिलेसम्म भग्नावशेष सम्म पन्छाउन सकेको छैन । सडकको दायाँ बायाँको घर भत्केपछि सबै भग्नावशेषले सडक पुरीएको छ । भुकम्पपछि जिल्लामा थुपै संघ संस्था जिल्लामा आए तर त्यो सुगम स्थानमा मात्रै । यी तिन गाविसमा थोरै मात्र संघ संस्थाहरु आएर काम गरिरहेका छन् । गोल्चे र गुम्बाका कतिपए वडामा त अहिलेसम्म कार्यक्रम लिएर संघ संस्था जानै सकेको छैन । लुथरन वल्र्ड फेडरेशनको सहयोग र सिर्जनशिलको सहयोगमा पाङताङ गाविसमा भुकम्पपछिको जीविकोपार्जनका लागि आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको
a
|
0 comments:
Post a Comment