एडिबीद्वारा नेपाललाई १ अर्ब ५७ करोड रुपैयाँ सहयोग

a

एसियाली विकास बैंक (एडीबी) ले भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निमाण तथा भूकम्प प्रभावित जनताको जीविका सुधारका लागि नेपाललाई १ अर्ब ५७ करोड रुपैयाँ दिने भएको छ । -अनुदान सहयोग दिने सम्बन्धी सम्झौतामा मंगलबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र एडिबीका नेपाल निर्देशक केनिची योकोयामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार एडिबीले दिने सहयोग रकमबाट भूकम्प प्रभावित १४ वटा जिल्लामा कम्तिमा १४ वटा विद्यालयको पुननिर्माण गरिने छ भने १२ हजार ५ सय भूकम्प प्रभावितहरुलाई जीविका सुधारका लागि सहयोग गरिने छ ।
यस्तै विभिन्न ३० वटा गाउँ विकास समितिमा जोखिम न्युनिकरण सम्बन्धी जनचेतना जगाउन अभियान पनि संचालन गरिने सम्झौतापत्रमा उल्लेख छ । शिक्षा विभाग र साना किसान विकास बैंकले सहयोग रकम खर्च गर्नेछन् ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment