मृत्युपछि यसरी हुन्छ फेसबुक प्रोफाइल स्मारकमा परिणत

a

अहिले विश्वभरका मानिसमा लोकप्रिय बनेको फेसबुक प्रयोगकर्ताको निधनपछि के हुन्छ होला धेरैको सोचाइको विषय हुन सक्छ । अब भने फेसबुक प्रयोगकर्ताको निधनपछि सो फेसबुक स्मारकका रुपमा परिणत हुने भएको छ । तर, प्रयोगकर्ताको निधनपछि आफै फेसबुक स्मारकका रुपमा परिणत भने हुने छैन । यसका लागि प्रयोगकर्ताको निधनपछि उनका आफन्तले उसको परिवारका सदस्य वा साथीले फेसबुकलाई मृतकको प्रोफाइलाई एक स्मारक बनाइदेउ भनेर निवेदन दिनुपर्ने छ । निवेदन दिने व्यक्तिले मृतकको मृत्यु प्रमाणपत्र भने पेश गर्नु पर्ने छ वा अन्य कुनै प्रमाण पेश गर्नु पर्ने छ ।
त्यस पछि मृतकको प्रोफाइलमा शेयर भएका पोष्ट वा तस्बिर देखिने छन् तर कसैले यो प्रोफाइलमा लगइन भने गर्न सक्ने छैन । कुनै पनि फेसवुक प्रयोगकर्तासँग उसको उत्तराधिकारी बनाउने विकल्प रहेको हुन्छ, तर यो अधिकार पाएर पनि एकाउन्टको लगइन गर्न सकिँदैन । यस्तो अधिकार पाएको व्यक्तिले पनि कुनै पोष्ट डिलिट गर्न सक्दैन । केवल उ सँग फ्रेण्ड रिक्वेष्टको स्विकार गर्ने वा नगर्ने लगायतका अधिकार मात्र हुन्छन् । अर्को विकल्प यो पनि छ । कुनै पनि फेसवुक प्रयोगकर्ताले आफ्नो मृत्यु पछि फेसवुक प्रोफाइलको डिलिट गर्न निवेदन दिन पनि सक्छन् ।.
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment