यी हुन् दुगड ग्रुुपका अभियुक्तसँग टेलिभिजन उपहार लिने इन्स्पेक्टर

a

कालोबजारीको आरोपमा प्रहरी हिरासतमा रहेका अभियुक्तसँग महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर उद्धवसिंह भाटले टेलिभिजन उपहार लिएको रहस्य सार्वजनिक भएपछि काठमाडौं प्रहरीमा खैलाबैला मच्चिएको छ ।काठमाडौं प्रहरी कालोबजारीविरुद्ध आक्रामक बन्दै गइरहेको समयमा सोही मातहतको प्रहरी कार्यालयका प्रमुखले थुनामा रहेका प्रतिवादीसँग टेलिभिजन उपहार लिएको सूूचना काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापासँग पुगेपछि इन्स्पेक्टर भाटमाथि छानबिन सुरु भएको महानगरीय प्रहरीपरिसर स्रोतले बताएको छ ।स्रोतका अनुसार गत बिहीबार कोटेश्वरको जडीबुटीस्थित केएल दुगडको बिक्रीकेन्द्रमा महानगरीय प्रहरीपरिसर काठमाडौं र महानगरीय प्रहरी वृत्तले नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले खानेतेलमा कालोबजारी गरेको आरोपमा पक्राउ गरेका अमर जैन र प्रमोदराज अधिकारी पक्राउ गरेर महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट कालोबजारी मुद्दामा म्याद थप गरी हिरासतमा राखेको थियो । बानेश्वर वृत्तले पक्राउ परेका जैन र अधिकारीलार्ई वृत्तको हिरासतमा ठाउँ अभावका कारण थुनामा राख्न कोटेश्वर प्रभागमा पठाएकोमा प्रभागका इन्चार्ज इन्स्पेक्टर भाटले हिरासतमा रहेका तिनै प्रतिवादीहरुलार्ई सुविधाको नाममा एलईडी टेलिभिजन किन्न लगाएका थिए ।स्रोतका अनुसार इन्स्पेक्टर भाटले आर्थिक प्रलोभनमा परेर दुगड ग्रुुपका दुई अभियुक्तहरुलार्ई पुरुष हिरासत कक्षमा प्रशस्त ठाउँ हुँदाहुँदै महिला कक्षमा राखेर हिरासतलाई नै ससुरालीजस्तै बनाइदिएको प्रहरी स्रोत बताउछ । उनले हिरासतमा रहेका प्रतिवादीलाई किन्न लगाएर टेलिभिजन मंगलबार अपराह्न कार्यालयको ड्युुटी अधिकृत कक्षमा जडान गरेका थिए ।इन्स्पेक्टर भाटले थुनामा रहेका प्रतिवादीसँग टेलिभिजन उपहार लिएर आचरणविपरीत काम गरेको सूूचना काठमाडौं प्रहरी प्रमुख एसएसपी थापाले उक्त विषयमा छानबिन सुरु गर्न महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डीएसपी दान बहादुर कार्कीलाई निर्देशन दिएपछि डीएसपी कार्कीले इन्स्पेक्टर भाटलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लिखित निर्देशन दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार इन्स्पेक्टर भाटले उक्त टिभीको कारण आफ्नो जागिर नै धरापमा पर्ने बुझेपछि मंगलबार साँझ हतार–हतार जडान गरिएको टिभी खोलेर प्रतिवादीहरुका आफन्तहरुको जिम्मा लगाएका थिए । आजको आर्थिक दैनिकमा खबर छ- See more at: http://medianp.com/2015/12/75035.html#sthash.95FhHvKe.dpuf
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment