a
![]() |
काठमाडौं, १८ मंसिर । शैक्षिक सत्रको सुरुवाती देखि नै अध्ययन अध्यापन अवरुद्ध भइरहेका बेला परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ ।
शैक्षिक सत्रको सुरुवाती महिना बैशाखमा गएको शक्तिशाली भूकम्प र त्यस यता भएका आन्दोलनका कारण अध्ययन अध्यापन प्रभावित भइरहेका बेला कार्यालयले यसैलाई मध्यनजर गर्दै आउँदो चैतको अन्तिम साता एसएलसी परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
यसअघि गत वर्ष चैत ५ देखि १६ गतेसम्म एसएलसी परीक्षा एक चरणमा सञ्चालन गरिएको भएपनि यस वर्ष दुई चरणमा गर्ने विषयमा पनि छलफल भइरहेको श्रोतले जनाएको राससले उल्लेख गरेको छ ।
भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेसमा जारी आन्दोलनका कारण मधेसका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने देखिएको छ ।
तराईका जिल्लाबाट मात्रै एक लाख विद्यार्थीले एसएलसी दिने तयारीमा रहेको छ । तराईका जिल्लामा चैतको अन्तिम साता र अन्य जिल्लामा केही दिनअघि गरी दुईचरणमा परीक्षा सञ्चालन गर्नेबारेमा समेत छलफल भइरहेको बताइएको छ ।-
a
![]() |

0 comments:
Post a Comment