a
![]() |
गायक अमन प्रधानले आफ्नो जन्म दिनको अवसर पारेर आफ्नी मायालुका नाममा मनभित्रको माया छताछुल्ल पारेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक गरेको गीतको म्यूजिक भिडियोमा उनको प्रेम पोखिएको हो । उनको यो प्रेमलाई पर्दामा छताछुल्ल पार्ने काम भने युवा निर्देशक निकेश खड्काले गरेका छन् । पर्दामा अमनलाई प्रेमीका भएर साथ दिएकी छन् इटालीयन मोडल माया रोजनबर्क खानले ।
राहुल प्रधानको शब्द संगीत रहेको उक्त गीतको मयूजिक भिडियोलाई छायाँकार सन्जित श्रेष्ठले खिचेका हुन । म्यूजिक मेनिया इन्टरटेनमेन्टले म्यूजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । कक्षा ९ मा अध्ययन गर्दै गरेका १८ वर्षे गायक अमन प्रतिभाशाली गायक हुन । उनी इन्टरनेशनल फेस्टिवल अफ लेंग्वेज एण्ड कल्र्चर (आईएफएलसी) अर्थात संसार भरीको आर्टको वलम्पिक मेलाका १५५ देशका प्रतियोगीहरु मध्ये उत्कृष्ठ १४ मा पर्दै नेपालबाट सहभागी बन्न सफल भएका थिए । जहाँ अमन दोश्रो स्थान हाँसील गर्दै सिल्भर मेडेल जित्न सफल भएका थिए ।
a
![]() |

0 comments:
Post a Comment