a
|
एकै पार्टी रहँदा समेत हितैषी बन्न नसकेका प्रचण्ड र बाबुराम भट्टराईको सम्वन्ध भट्टराईको एमाओवादी बहिर्गमन पछि उहि रफ्तार एक अर्काका प्रखर विरोधीका रुपमा अघि बढेको छ । एकले अर्कलाई खुइल्याउन जे पनि गर्न दुबै पक्ष तयार रहेको मनस्थितिमा देखिएका छन् । यसै पृष्ठ भुमिमा प्रचण्ड नजिको स्रोतले मधेसी मोर्चाका नेताहरुको भारत भ्रमण डा. बाबुराम भट्टलाईको योजनामा भएको सुचना पार्टी बैठकमै ‘चुहाएको’ छ । यस अघि बाबुराम निकट रहेका एक प्रभावशाली नेताबाटै चुहिएको सूचनाले बाबुरामबारे धेरै शंका गर्नेहरुलाई राम्रै बल प्रदान गरेको छ । आज देखि स्थगित भएको केन्द्रिय समिति बैठकमा समेत बाबुरामको पछिल्लो मिसनबारे नेताहरुले कुरा उठाएको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा हेडलाइन्सलाई बताए । पहिले बाबुराम निकट रहेका उनले बाबुरामको मिसनबारे बैठकमा कुरा खोलेका थिए ।नियोजित प्रोपोगण्डालाई हो या साच्चै हो एकिनका साथ भन्न नसकिएपनि लाजिम्पाट नजिक स्रोतले यसपटक बाबुराम भट्टराईका बारेमा सनसनीपुर्ण र धेरै प्रसंगहरु जोडेर धेरै कुरा दाबी गरेको छ ।भट्टराईको योजना अनुसार मोर्चाका नेताहरुहरुको भारत भ्रमण तय भएको श्रोतले जनाएको हो । ‘गएको बिहिवार बिहान भट्टराईले आफ्नै निवास सानेपामा भारतीय राजदूत रञ्जित रेसँगको परामर्सपछि मोर्चाका नेताहरुको भ्रमण तय गरेका हुन्’ स्रोत भन्छ ।मोर्चाका नेताहरुलाई सहमतिका लागि दबाब परेको र मुख्य राजनीतिक दलले सहमतिका लागि लचकता अपनाउन लागेकाले अवसरमा भारतको भ्रमण गर्दा भारतीय भूमिका सकरात्मक देखिने भन्दै भारतीय राजदूत रेलाई निवासमै बोलाएर मोर्चाका नेताहरुलाई भारत भ्रमण गराउन दबाब दिएका श्रोतको तर्क छ ।भट्टराईकै योजना अनुसार भोलीपल्ट मात्र मोर्चाका नेताहरुको भारत भ्रमण तय गरिएको हो, त्यही स्रोत अगाडी भन्छ । - ‘भट्टराईले भारतीय राजदूतसंगको भेटवार्तापछि आफ्नै निवास सानेपामा आफू निकटका पत्रकारको भेला गरेका थिए । गोप्यरुपमा राखिएको भेलामा पत्रकार महासंघका नेताहरुलाई समेत बोलाएर भट्टाराईले आफूलाई बाहिर के भनिरहेका छन् भनेर समेत बुझेका थिए । भेटवार्तामा सहभागि पत्रकारले उनलाई भारतीय एजेन्ट भन्ने गरिएको र त्यसको खण्डन गर्न जरुरी रहेको भट्टराईलाई सुझाब दिएका थिए ।भारतीय एजेन्ट भन्ने कुराको खण्डनका लागि पनि नेपालको आन्तरिक मामिलामा भारतको भूमिका प्रष्ट पार्न भन्दै उनले मोर्चाका नेताहरुको दिल्ली भ्रमण तय गरेका हुन। प्रचण्ड नजिक रहेको स्रोतले दाबी गर्यो । बिहिवारनै भट्टराईले दिउँसो आयोजना गरेको एक कार्यक्रममा भारतको भूमिका अबका केहीदिनमा सबैले देखिनेगरी थाहा हुने बताएको कुरालाई जोड्दै यस्तो दाबी आएको हो ।श्रोतले मोर्चाका नेताहरुसंगको भेटवार्ताको चाँजो पाजो मिलाउन र त्यो भन्दा बढि नयाँ शक्तिका लागि आर्थिक सहयोग लिन भट्टराई शुक्रवार बिहान नयाँ दिल्ली हानिएका बतायो। प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने पनि बाबुराम नै त्यसअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसंग भेटेर प्रधानमन्त्री बन्न प्रस्ताव बाबुराम भट्टराईले गरेको दाबी गरिएको छ । लाजिम्पाट नजिकको स्रोतका अनुसार प्रचण्डले आफू प्रधानमन्त्री नबन्ने र भारतलाई देखाईदिने जवाफ फर्काएपछि उनी त्यहीबाट त्रिभुवन विमानस्थल तर्फ लागेका थिए - See more at: http://www.onlineharpal.com/detail.php?article_id=6070#sthash.O6O8fZJR.dpuf
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment