a
|
मिडिया एनपी, काठमाडौं, १९ मंसिर । नेपाली सिने नगरिमा एउटा जमेको जोडी हो हास्य कलाकार दीपकराज गिरी र दीपा श्री निरौला । उनीहरु पर्दामा लामो समयदेखि निरन्तर सहयात्रामा छन् । पर्दामा मात्रे होईन पर्दा बाहिर पनि दीपक र दीपा छुट्टिएको कार्यक्रम बिरलै हुन्छ ।
यो जोडीलाई लिएर सिने नगरिमा विभिन्न तर्क बिर्तक पनि गरिन्छ । शुक्रबार पनि एक सार्वजनिक कार्यक्रममा यो जोडी सँगै देखियो । दीपक र दीपा सँगै देखिनु कुनै नौलो विषय होईने नेपाली कला क्षेत्रमा । तर, दीपकले दीपालाई मञ्चमा बोलाएर दीपा बिना म अधुरो छुँ भन्दै अंकमाल गरे ।
यो दृष्य हो शुक्रबार राजधानीमा चलचित्र ‘वडा नम्बर ६’को निर्माण टिमले आयोजना गरेको चलचित्र सफलताको खुशीयालीमा आयोजना गरिएको ‘सक्सेस पार्टी’को । दीपक र दीपाले बनाएको यो चलचित्र ७१ दिनसम्म नेपाली सिनेमा घरहरुमा निरन्तर चलेपछि शुक्रबार फिल्मको सक्सेस पार्टी आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रका कलाकार, पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
a
|
0 comments:
Post a Comment