महंगो बजेटमा निर्माण भएको भन्दै प्रचार गरिएको चलचित्र ‘बागमती’ अहिले चर्चामा छ । यो चलचित्रको ट्रेलरमा एक सुन्दरी देखिन्छिन्, जसले अहिले धेरैको ध्यान खिचिरहेकी छिन् । उनको नाम हो, श्रेया कार्की । १८ बर्षकी यी सुन्दरीलाई चलचित्रमा आफूले राम्रो काम गरेकोमा विश्वास छ । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै श्रेयाले ‘बागमती’ सबै दर्शकले हेर्नुपर्ने तर्क राखिन् । उनले दक्षिण भारतीय टिमले उत्कृष्ट प्रविधी सहित यो चलचित्र बनाएको दाबी पनि गरिन् । सानैबाट चलचित्र, म्यूजिक भिडियो हेर्ने श्रेयाले आफूलाई नै यसमा पाएको दाबी गरिन् । टीभीमा आउने कलाकारमा आफूलाई देखेकै कारण यो क्षेत्रमा आकर्षण बढेको उनको भनाई छ ।तर, श्रेया अहिले रहरले चलचित्र क्षेत्रमा हाम फालेकी छिन् । भोलीका दिनमा आफ्ना लागि यो रहर मात्र हुन्छ कि करिअर पनि भन्ने उनलाई टुंगो छैन ।श्रेया आफूलाई स्पष्ट रुपमा स्वार्थी भन्न रुचाउँछिन् । चलचित्र क्षेत्रमा केही भएको खण्डमा आफू यसमै लाग्ने र खासै उपलब्धी नभएको खण्डमा अन्य व्यवसायमा अगाडि बढ्ने सोच छ, श्रेयाको नजरमा नेपालमा त्यस्ता कुनै कलाकार छैनन्, जोसँग उनी काम गर्न चाहन्छिन् । भनिन्-‘मलाई राजेश हमाल मन पथ्र्यो, काम गरिसके । अरु त्यस्ता कोही छैनन् ।’एउटा अनलाइनमा फोटोसुट गरेपछि आफूलाई ‘बागमती’ चलचित्रका लागि अफर आएको संझदै श्रेयाले चलचित्र क्षेत्र सुन्दर वगैचा भएको बताइन् । आफूले अहिलेसम्म त्यस्तो कुनै नकारात्मक व्यवहार भोग्नु नपरेको भन्दै उनले त्यस्ता प्रवृत्तीका मानिसबाट टाढै बस्ने दाबी पनि गरिन् ।आफू सामान्य यूवती भएकाले दर्शकले पनि त्यसरी नै वुझुन् भन्ने उनको तर्क छ । तपाइलाई कस्तो यूवक देख्ने वित्तिकै मनपर्छ भन्ने प्रश्नमा उनले कुल स्वभावका केटातर्फ नजर जाने बताइन् । आफ्नो आँखा मन पराउने श्रेयालाई आफ्नो प्रशंसा आफै गर्न मन लाग्दैन ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment