छोराले मट्टितेल छर्केर आमालाई जिउँदै आगो लगाए

a


महिलाहिंसा बिरुद्धको १६ दिने अभियान संचालन भइरहेका बेला  बैतडी दुर्गा स्थानका नारायण बढुले रक्सी खाएर आफ्नै आमालाई मटिट्तेल छर्केर आगो लगाएका छन्। आगलागीबाट ६५ बर्षिय आमा द्रोपती बडु गम्भिर घाइते भएकी छन्। उनको शरिरको ५५  प्रतिशत भन्दा बढी भाग जलेको छ। आगलागीको घटना भएको करिब २४ घन्टा पछि बडुलाई उनका अन्य छोरा र आफन्तहरूले उपचारका लागि भेरी अंचल अस्पतालमा ल्याएका छन्।घाइते बडुलाई घरबाट करिब २ घन्टा मान्छेले बोकेर एम्बुलेन्स पुग्ने स्थानसम्म पुर्याएका थिए। एम्बुलेन्सबाट  भेरी अञ्चल अस्पतालमा पुराउन करिब १५ घन्टा लागेको थियो। घाइते बडुको अवस्था गम्भीर भएको भेरी अञ्चल अस्पतालकी सिनियर स्टाफ नर्श बिना घले बताइन्।गाउमा झगडा गरी रक्सी खाएर घर फर्केका छोरा  रक्सी खाएर किन झगडा गर्छस् भनेर सम्झाउन खोज्दा छोरा बडुलेमट्टितेल छर्केर आफैंलाई र आमालाई आगो लगाएको अर्का छोरा गणेश बडुले बताए ।आफैंले लगाएको आगोबाट नारायण बडु पनि गम्भिर घाइते भएका छन । उनलाई पनि थप उपचारका लागि नेपालगन्ज ल्याउने तयारी  भईरहेको छ ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment