रणवीरसँग विवाह गर्न क्याट्रिनाको नयाँ शर्त

a

रणवीरसँग विवाह गर्न क्याट्रिनाको नयाँ शर्त
एजेन्सी । बलिउड अभिनेत्री क्याट्रिना क्याफ र अभिनेता रणवीर कपुरबीचको विवाह हुने चर्चा लामो समयदेखि चल्दै आएको छ । तर उनीहरुको विवाह कहिले हुने भन्ने कुराको भने कसैले कुनै मेसो नै पाएका थिएनन् । मिति तय भएर पनि पटक पटक सर्दै आएको क्याट्रिना र रणवीरको विवाहबारे हालै मात्र क्याट्रिनाले स्पष्ट पारेकी छिन् । हाल आफ्नो फिल्म फैन्टमको प्रचारमा व्यस्त रहेकी क्याट्रिनाले एक टेलिभिजन अन्तवार्तामा रणवीर र आफ्नो विवाहका बारेमा पहिलोपटक स्पष्ट कुरा राखेकी हुन् । विवाहका लागि उनले एउटा शर्त राखेको पनि प्रष्ट पारेकी छिन् । अर्थात आफूले कुनै राष्ट्रिय अवार्ड नपाएसम्म विवाह नगर्ने उनको शर्त छ । तर रणवीरलाई सान्त्वना दिन आफ्नो शर्तलाई केही खुकुलो पार्दै क्याट्रिनाले राष्ट्रिय अवार्ड आफूले जित्न नसके पनि कमसेकम आफू अभिनित फिल्मले भने जित्नैपर्ने शर्त राखेकी छिन् । फैन्टममा सैफअलि खानको अपोजिटमा रहेकी क्याट्रिनाले अहिले नै आफूले विवाहको बारेमा भने सोचिनसकेको बताइन् । अहिले आफू पूर्ण रुपले करियरमै केन्द्रीत रहेको उनको भनाइ छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment