यसपटकको गाईजात्रा इतिहासकै ‘भव्य’ तर खल्लो हुने हेर्नुहोस भिडियो सहित

a

यसपटकको गाईजात्रा इतिहासकै ‘भव्य’ तर खल्लो हुने हेर्नुहोस भिडियो सहित 
काठमाडौँ १३ भदौ । आठ दिनसम्म मनाइने गाईजात्रा पर्व आइतबारबाट सुरु भएको छ । गत वर्षहरुमा भक्तपुरमा यो पर्वले हर्ष, उमंगसंगै हाँसो ल्याउँथ्यो । तर यसपटक यी तीनवटै कुरा कम र दुःखसहित संस्कृति धान्ने तर अहिलसम्मकै भव्य बन्दै छ भक्तपुरको गाइजात्रा ।दिवंगत व्यक्तिको नामबाट गाई बनाई नगर परिक्रमा गरेर मनाइने सांस्कृतिक झाँकीसहित मनाइने गाईजात्रामा यसपटक उमंग भन्दा शोक बढी देखिँदैछ । १२ वैशाखको विनाशकारी भूकम्पले भक्तपुरमा ३ सय ३३ को ज्यान लियो । पुराना सबैजसो घर कि ध्वस्त भए कि बस्न नमिल्ने गरी चर्के । शोक अझै हटेको छैन ।यो पटक भूकम्पले ज्यान गुमाउनेहरुको संख्या वृद्धि भएकोले भक्तपुरमा १ हजार गाइ घुमाइने अनुमान छ । अघिल्लो पटक करिब ६ सय गाई घुमाइएको थियो । भक्तपुर नगर क्षेत्रमा मात्रै २ सय ५२ जनाले भूकम्पमा ज्यान गुमाएका थिए ।आजको राजधानी दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment