"किन भड्कियौ थारु दाइ ?"हेर्नुहोस भिडियो सहित एक महिलको प्रश्न र जवाफ कस्तो मिल्यो ?

a

"किन भड्कियौ थारु दाइ ?"हेर्नुहोस भिडियो सहित एक महिलको प्रश्न र जवाफ कस्तो मिल्यो ?
-ऋचा लुर्इँटेल
म झापामा जन्मे । कैलालीले मेरो जीवनको ढाँचा तयार गर्‍यो । अहिले म बाँकेमा छु । अस्ति म जहाँ जन्मे त्यो पनि नेपाल हो । अहिले म जहाँ हुर्के त्यो पनि नेपाल हो । आज म जहाँ छु यो पनि नेपाल हो ।झापामा मेरा छिमेकी राजवंशीहरु थिए । कैलालीमा मेरा छिमेकी थारुहरु थिए । अहिले बाँकेमा मेरा छिमेकी मधेसी छन । न राजवंशीलाई मैले पराई ठाँने । न थारुहरु मेरा निम्ति विरानो वने । न मधेसीहरु मलाई अप्रिय लाग्छन् । जुन जात भए पनि जुन धर्म भए पनि जुन भु– भागमा भए पनि हामी नेपाली हौ , हाम्रो पहिचान नेपालीहो । मलाई नेपाली हुनुमा गर्व छ ।मैले कखरा सिक्ने बेला देखी नै थारुहरुसंग संगत भयो । उनीहरुको पारिवारीक सद्भाव बाट प्रेरित छु म । हामी एकल परिवारमा बस्नेहरुलाई उनीहरुको संयुक्त परिवार आरिसलाग्दो हुन्छ । पहाडी र थारु समुदायको मिस्रित मेरो गाउँमा थारुहरुसंग कहिल्यै वादविवाद भएनक हिल्यै अन्तरद्धन्द देखिएन् । पहाडीका चाडपर्वहरु उनीहरुले सिके स्वीकारे । थारुहरुका पर्वहरुलार्इ हामीले सम्मान गर्‍यौ ।थारुहरुले लिन थोरै जाने ,दिन धेरै जाने । थारुहरुमा दंम्भ कहिल्यै देखिन, घमण्ड कहिल्यै भेटिन मैले । गाह्रो सारोमा सधै सहयोगी बनेर हात थापे उनीहरुले । मेरो मनमा उनीहरु प्रति सदैब सम्मान रहयो । थारुहरुको मित्र हुनुमा गर्व थियो मलाई । अभाव र गरिबिसंग संघर्ष गरिरहेका थारुहरुले आफु मरेर पनि अरुलाई बचाएको देखेकी थे मैले अस्ति र हिजोका दिनहरुमा ।तर २०५२ सालमा जब माओवादीले जनयुद्ध शुरु गर्‍यो । तव थारुहरुको रुप रेखा पुरै फेरियो । हलो ,जुवा,कोदालो बोकेर श्रम बेच्नेहरु पसिना पोख्नेहरु,परिवारिक एकता सामाजिक सदभाव बोकेर हिडने अधिकांश थारुहरुले हातमा एका–एक बन्दुक बोकेर जनवर्गीय हितको नारा लगाउदै जंगल पसेकाउनीहरुले आफुले टेकेको माटो बिर्से बाटो बिर्से । बिगतको गरिविलाई चिथोरेर भविष्यका सुनौला सपना बोकेर युद्धमा होमीएकाभन्थे उनीहरु । कतिपय मेरा समकक्षि साथीहरुले बन्दुक बोकेर जंगल पस्दा म बेस्सरी रोएको म झलझलती सम्झन्छु ।बिस्तारै उनिहरुले आफ्नै छरछिमेकीलाई सामन्त देखे आफ्नै साथी संगीलाई पुजीवादी भने आफ्नै टोल समाजको आमूल परिवर्तनको संखघोष गर्दै आफ्नै दाजुभाईको जीवन सिद्धयाए आफु पनि सकिए अरुलाई पनि सके । कापीकिताब बोकेर बिद्यालयजाने समयका केटाकेटी सहित जंङ्गल पसेका थारुहरु ले आप्ःनो मालिक आफै बन्ने विशाल सपना देखेका थिए । मागेर नपाए हक खोसेर लिनुपर्छ भन्ने सिद्धान्त बोकेर हिडेका थारुहरु बिस्तारै अरुको बाच्न पाउने अधिकारसम्म खोस्न लालायित भए ।२०६० साल साउन २ गते कमैया मुक्तिको घोषणाले झन माथि उकासिदिएको थियो । उनीहरु आफै उभिन थालेका थिए । आवाजहरु उठाउन थालेका थिए । देशमा भएको परिवर्तले थारुरुहरुलाई पनि छोयो । सत्ता परिवतर्नको त्यो महा-अभियानमा थारुहरु पनि उत्तिकै सहभागी भए र आप्ःनो जीवन आहुतिदिए उनीहरु बारम्बार प्रयोग भए ।संविधान निर्माणको अन्तिम चरणमा प्रदेशहरुको सीमाङ्कनको बिषयलाई लिएर देशका बिभिन्न क्षेत्रहरुमा आन्दोलन भेैरहेका बेला कैलालीमा पनि थारुहरुले थारुहट प्रदेशको मागगर्दै शान्ति पुर्ण बिरोध गर्दै आएका थिए । आन्दोलन आफैमा जायज थियो या नाजायज म त्यता तिर जान चाहन्न् ।भदौ ७ मा टीकापुरमा थारुहटका कार्यकर्ताहरुले जुन बर्बरता देखाए त्यस घटनाले आज हरेक नेपालीको शिर झुकेको छ । त्यो घटना हाम्रो इतिहासको कालो दिनका रुपमा हाम्रा मन मस्तिष्कमा रहने छ । देश र जनताको शुरक्षार्थ खटिएका नेपाल आमाका सपूतहरु माथी थारुहटका कार्यकर्ताहरुले जुन क्रुरता देखाए त्यस घटना ले आज जन– जन रोएका छन । र थारुहट काकार्यकर्ताहरु लाई थुकेका छन् यतिबेला । अबोध बालक माथी भएको अमानबियताको त जति बिरोध गरे पनि कमै हुन्छ । उनीहरुका परिबारले बगाएका आँशुको मुल्य कसैले तिर्न सक्ने छैन । पुछिएको सिउँदोको सिन्दुर । बाबुको आश्रय खोसिएका सन्तानको अाँशुले के आक्रमणकारीहरुलाई बिछिप्त नपारेको होला त यतिबेला ?मैले मेरो जीवनमा थारुहरुको शुन्य समय अर्काको घरमा दासत्वपूर्ण जीवन देखी आप्ःनो पहिचान सहितको जीवन प्रत्यक्ष देखेकी छु । थारुहरु अर्काको बहकाउमा छिटै आउँछन् । उनीहरु माथी जो कोहीले पनि सजिलैसंग आप्ःनो बिचार थुपार्न सक्छ । म सोची रहेछु सदभावनाका निम्ति गाँउगाँउमा सखिया नाच गर्ने के उनिहरु नै हुन त ? सामाजिक सुख शान्तिका निम्ति बेहडाबाबा मन्दिरमा मध्यरातमा जल चढाउने के उनीहरु नै हुन त ?थारुहरु कहिलेसम्म अरुकै लहैलहैमा लागी रहने ? । अब पनि आफ्नो बिबेक प्रयोग गरेर आप्ःना लागी उभिननसक्ने हो भने के अब पनि उनीहरुले गर्व गर्ने ठाँउ रहला र ?हामी जहाँ बसे पनि ,जहाँ उभिए पनि हामी नेपालमै छौ । हामी ले नेपाली हुनुमा किन गर्व नगर्ने? आज थारुहटका अगुवा नेताहरु भन्दैछन्– हाम्रो आन्दोलनमा घुसपैठ भयो । हामी यसको जिम्मेवारी लिदैनौ । वाह ! नेता ज्यू तपाईहरु त साँच्चै बेईमान हुनुहुँदो रहेछ । २० औँ हजार कार्यकर्ता आन्दोलनमा उतारेर बर्बरतापूर्ण अपराध गरेपछि अव तपाईहरुले दुधको साक्षी बिरालो बन्न सुहाउछ र ?? गुलेलीबोक्नेहरु हसिया चलाउनेहरु ,आसी, भाला ,बोकेर आन्दोलितबनेका २० औँ हजार कार्यकर्ता घुसपैठी नै थिए त ?हैन भने , नैतिक रुपमा यस घटनाको जिम्मेवारी लिएर क्षमामाग्नु र आत्मलोचनागर्नु बाहेक अर्को बिकल्प देखिदैन । हैन भने , इतिहासको कालो दाग बोकेर तपाईहरु बाँचनु पर्ने छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment