a
|
स्थिति असामान्य हुन सक्ने भन्दै आउँदो १३ गतेसम्म निषेधाज्ञाको अवधि बढाइएको हो (भिडियो सहित)
१० भदौ, भैरहवा । रुपन्देहीको भैरहवामा स्थानीय प्रशासनले निषेधाज्ञाको अवधि बढाएको छ । स्थिति असामान्य हुन सक्ने भन्दै आउँदो १३ गतेसम्म निषेधाज्ञाको अवधि बढाइएको हो ।भैरहवा नगरक्षेत्रमा बन्दकर्ता र प्रतिकार समूहबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले यसअघि भदौ ५ गतेदेखि ९ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।भैरहवा र परासी हुलाकीमार्ग ठप्प छ । बन्दकर्ताहरुले त्यहाँ प्रदर्शन जारी राखेका छन् । पूर्वपश्चिम राजमार्गमा गाडी चलिरहेका छन् भने अन्य क्षेत्रको स्थिति पनि सामान्य छ ।
a
|
0 comments:
Post a Comment