a
|
नवराज लम्साललाई रातो कारमा पोखरा घुम्ने युवतीको प्रस्ताव आएपछि (भिडियो ) -
काठमाडौं, २ साउन । रेडियो नेपालबाट बर्षौ देखि गुञ्जिरहेको आवाज हो नवराज लम्सालको आवाज । उनको आवाजलाई मन नपराउने सायदै होलान । लम्साल बोलीजस्तै सुन्दर कविता लेख्छन् । मिडिया एनपीले लम्सालसँग जीवनका विविध पाटोमा रहेर कुराकानी गरेको छ । यो अंशमा हामीले लम्सालसँग प्रेम र जीवनसँग आधारित रहेर गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं ।लम्सालसँग गरिएको कुराकनीको अन्य अंश आगामी दिनमा प्रकाशित गर्दै जानेछौ । लामो समय रेडियो नेपालको टुडियो र माक्रोफोनसँग मित्रता गासेर जीवन विताएका नवराज लम्साल साना दुःखले आजको उचाइमा पुगेका होईनन् । रेडियो नेपालको लामो कार्यकालमा उनले थुप्रै कार्यक्रम चलाए । तर, उनलाई चिनायो मधुबनले । मधुबनले उनलाई मात्रै चिनाएन, थुप्रै स्रष्टा सर्जक पनि जन्माएको छ ।उनको आवाजले स्रष्टा मात्रै जन्माएन, सँगै जन्मायो प्रेम र सद्भाव पनि । उनको बोलीबाट प्रभावित भएर, उनको बोल्नै शैली मन पराएर प्रेम प्रस्ताव राख्ने ठिटीहरु पनि थुप्रै थिए । तर, उनले त्यो प्रस्तावलाई हिजो आजको चल्तिको प्रेमका रुपमा लिएनन् । पारिवारिक प्रेममा बदल्न खोजे । त्यो प्रेम, स्नेह र हार्दिकतापूर्ण भयो ।अलि फरक प्रेमलाई गीत बनाए र रेकर्ड गराए । तर, त्यही फरक प्रेमलाई अभिब्यक्त गर्ने मान्छे आजसम्म भेटेका छैनन् उनले ।‘तिमी जून हौ आकाशमै बस, जगमगाउने तारा छोडी भुईंमा नझर, तिमीलाई सुहाउन्न मेरो संसार’ यो गीत लम्सालले उनलाई एककोहोरो प्रेम गर्ने प्रेमीकाका लागि लेखेका थिए । त्यो गीतपछि उनले श्रृङखलाबद्ध ३ वटा गीत लेखे । त्यो गीतले निक्कै लोकप्रिय बन्यो पनि, तर लम्साल आफैलाई थाहा छैन उनले त्यो गीत जस्लाई लेखे उसैले सुन्न पाएकी छन या छैनन् ।यो गीत लेखाईको पृष्ठभुमी अलि फरक थियो । नवराज लम्सालले रेडियो नेपालमा मधुवन चलाईरहदा ७ कक्षामा पढ्ने एउटी कलिली नानीले भुलबस फोन गरेकी थिइन । त्यो फोन उनले प्लस टु सक्ने बेलासम्म निरन्तर राजी रह्यो । प्लस टु पछि ति नानीले लम्साललाई रातो कारमा पोखरा घुम्न जाने अफर गरिन । लम्सालले त्यो अफर स्विका गर्न सकेनन् । उनी आजसम्म लम्सालबाट बेखबर छन् ।त्यसपछि हो लम्सालले ‘तिमी जून हौ आकाशमै बस, जगमगाउने तारा छोडी भुईंमा नझर, तिमीलाई सुहाउन्न मेरो संसार’ यो गीत लेखेको । यस्तै यस्तै धेरै गीत लेखेका छन् प्रेमसँग गासिएर लम्सालले जीवनमा । जीवनलाई पनि अलि फरक आँखाले हेरेका छन् उनले । त्यसो त सजिलो जीवन बाँच्नेहरु भन्दा साह्रै असहज जीवन बाँच्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा उनका प्रिय मान्छे आजसम्म पनि । र देवकोटाकै बाटोमा हिडेका लम्सालले जीवनलाई पनि सुख र दुखबिचको सम्झौतालाई जीवन भनेका छन् ।
a
|
0 comments:
Post a Comment