सरकारसँग थारू आक्रोशित

a

सरकारसँग थारू आक्रोशित
काठमाडौँ १५ भदौ । सरकारको शैलीबाट आक्रोशित थारूहरूले प्रधानमन्त्री सुशील कोइरालासँग सोमबार भेट गरी आन्दोलनका लागि वातावरण बनाउन आफ्ना सातबुँदे माग स्वीकार गर्नुपर्ने अडान दोहोर्‍याएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।प्रमुख चार दलका शीर्ष नेताहरूको तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले दोस्रोपटक आइतबार वार्ता लागि आह्वान गर्दै पठाएको पत्र थारू आन्दोलनविपरीत भएको भन्दै उनीहरूले अस्वीकृत गरेका हुन्। थारू आन्दोलन केन्द्रीय सचिवालयका प्रवक्ता एवं सभासद् अमनलाल मोदीको नेतृत्वमा सोमबार अपराह्न प्रधानमन्त्री कोइरालासँग भेटेको प्रतिनिधिमण्डलले वार्ताका लागि वातावरण बनाउन पनि आफ्ना माग पूरा हुनुपर्ने अडान लिएको थियो।प्रधानमन्त्रीले प्रतिनिधिमण्डलसँग थारूहरू वार्तामा बसेपछि उनीहरूले राखेका मागमाथि विचार हुनसक्ने भन्दै थारूहरूलाई झनै आन्दोलित बनाएर पठाएको प्रवक्ता मोदीले जानकारी दिए। उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘वार्तामा बसेपछि तपाईंहरूको माग सरलीकरण गरौंला।’ मोदीका साथ प्रधानमन्त्री कोइरालासँग भेट्न सचिवालयका सदस्य एवं सभासद्द्वय सन्तकुमार चौधरी र जनकराज चौधरी गएका थिए।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment