‘आदेश हुनेसँग हतियार थिएन, हतियार हुनेसँग आदेश भएन’....हेर्नुहोस भिडियो

a

‘आदेश हुनेसँग हतियार थिएन, हतियार हुनेसँग आदेश भएन’....हेर्नुहोस भिडियो
1कैलाली घटनाका घाइते प्रहरी हवल्दार मकेन्द्र अधिकारीका अनुसार टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेलाई आक्रमणकारीले ढलाई सकेपछि मात्रै उनले गोली हान्ने आदेश दिए ।“तर, हामीसँग हतियारको नाममा ग्यास र प्लाष्टिकका गोलीबाहेक केही थिएन,” उनले भने, “ठूलो समूहमा तयारीसाथ आक्रमण गरेका आन्दोलकारीलाई लखेट्न हाम्रो हतियारले काम गरेन ।”टीकापुर अशान्त हुँदै गएपछि धनगढीबाट १० दिनअघि नै उनीहरुलाई टिकापुरमा खटाइएको थियो ।घाइते हवल्दार अधिकारी भन्छन, “हिंजो (७ गते) दिउँसो ढुंगामुढा हुन शुरु भएपछि हामीलाई घटनास्थलमा पठाइयो, आक्रमण गरेर लडिसकेपछि एसएसपीले गोली हान्ने आदेश दिनुभयो तर, हामीसँग गोली नै थिएन ।”घटनास्थलमै भएको सशस्त्र प्रहरीसँग गोलीसहितको हतियार भए पनि उनीहरुले आदेश नभएको भन्दै गोली नचलाएको उनी बताउँछन् ।उनले भने, “सशस्त्र प्रहरीलाई समयमै गोली चलाउने आदेश दिएको भए सायद यति ठूलो हताहती हुने थिएन होला । ”
2आन्दोलनकारीले चारैतिरबाट घेरेर आक्रमण गरेपछि खेतखेतै भागेर बाँचेको बताउने उनले अगाडि भने, “कति प्रहरीहरु खेतको हिलोमा भाग्न नसकेपछि आन्दोलनकारीले कुटीकुटी त्यहीं मारे ।”आन्दोलनकारीहरु बन्चरो, भाला, खुकुरी, तरवार जस्ता हतियार लिएर आएको पनि उनले बताए ।‘हामीलाई आदेश थिएन’
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment