a
|
विहीबार नेपाल महिला संघले काठमाडौं जिल्ला समितिले शोभाभगवतीमा मंगलादेवीको प्रतिमामा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ (भिडियो सहित)
१० भदौ, काठमाडौं । मंगलादेवी सिंहको १९ औं स्मृति दिवस नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । विहीबार नेपाल महिला संघले काठमाडौं जिल्ला समितिले शोभाभगवतीमा मंगलादेवीको प्रतिमामा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कैलालीको आन्दोलनरत पक्षलाई तत्काल वार्तामा आउन आग्रह गरे । सरकार वार्ताबाटै सबै समस्याको समाधान गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।सरकार नागरिकको सुरक्षा र शान्ति सुब्यवस्था कायम राख्न प्रतिबद्ध रहेको भन्दै उनले टीकापुरमा सुरक्षाकर्मीमाथि भएको आक्रमणका दोषिलाई कारवाहीको दायरामा ल्याइने बताए । उनले संविधान निर्माण प्रक्रिया नरोकिने र सबैका भावनालाई समेट्ने प्रयास भैरहेको जानकारी पनि दिए ।फरक प्रसंगमा सिंहले अहिले संविधान निर्माणलाई उच्च प्राथमिकता दिनु परेकाले कांग्रेसको १३ औं महाधिवेशनका बिषयमा छिट्टै केन्द्रीय कार्यसमितिको बैंठक बसेर उचित निर्णयमा पुग्ने जानकारी गराए ।कार्यक्रमका वक्ताहरुले नेपाली महिला आन्दोलनमा मंगलादेवी सिंहले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
a
|
0 comments:
Post a Comment