a
|
बार्तामा आउन मधेसी मोर्चाको चार शर्त हेर्नुहोस भिडियो सहित
काठमाडौं, भदौ १३ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले वार्तामा आउन चार शर्त राखेको छ ।वार्तामा आउन सरकारले पठाएको पत्रको जवाफ दिँदै ती दलले शनिबार प्रधानमन्त्रीलाई चिठ्ठी बुझाएका छन् ।संविधान निर्माणको प्रक्रिया तत्काल स्थगित गरी सबै पक्षको सहमतिका आधारमा संविधान निर्माणको प्रतिवद्धतार त्यसको कार्यान्वयन गर्न मोर्चाले शर्त राखेको छ ।यसअघि भएका २२ र ८ बुँदे सम्झौताको कार्यान्वयन, मधेसमा खटाइएका सेना र सशस्त्र सुरक्षा बललाई ब्यारेकमा फर्काउन तथा आन्दोलनमा गिरफ्तार गरिएकाको बिना शर्त रिहाई, ज्यान गुमाएकालाई शहिद घोषणा र घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने शर्त राखिएको छ ।मोर्चाआबद्ध दलका केन्द्रीय अध्यक्षको सर्लाहीको मलंगवामा बसेको बैठकले प्रधानमन्त्रीलाई पठाउने जवाफ तयार पारेको थियो ।पत्र बुझाउन बालुवाटार पुगेका मोर्चाका नेताहरुलाई प्रधानमन्त्री कोइरालाले वार्तामा बसेरै समस्याको समाधान खोज्न आग्रह गरेका थिए ।मुलुक द्वन्द्वतिर जान थालेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले मिलेर समस्याको समाधान गर्न आग्रह गरेका थिए ।पत्र लिएर संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका महासचिव गोविन्द चौधरी, तराई मधेश सद्भावना पार्टीका नेता रामनरेश यादव, सदभावनाका नेता रामकिशोर सिंह बालुवाटार पुगेका थिए ।
a
|
0 comments:
Post a Comment